सुरूङमा फसेकाको उद्दारको अन्तिम चरणमा, ड्रिलिङ गर्ने औगर मेसिन बिग्रियो
नेपालबहस संवाददाता
मंसिर ७, २०८० बिहिबार १०:५७:२
७ मंसिर, उत्तरकाशी । एनडीआरएफ टोली उत्तरकाशीको सुरुङमा फसेका ४१ जना मजदुरलाई बचाउन लडिरहेका छन्। यसैबीच बिहीबार बिहान उत्खनन गरिरहेको अजर मेसिन बिग्रिन पुगेको छ, जसका कारण अहिले उद्धार कार्य रोकिएको छ ।
बिग्रिएको मेसिन मर्मत गर्न दिल्लीका विज्ञ बोलाइएको छ । जानकारी अनुसार १२ मिटर ड्रिलिङ गर्न बाँकी छ भने ६–६ मिटरका दुईवटा पाइप बिच्छ्याउन बाँकी छ ।
त्यसपछि मात्रै सिल्कियारा सुरुङमा फसेका ४१ जना मजदुर आज बाहिर आउन सक्नेछन् । गत नोभेम्बर १२ अर्थात दिपावलीको दिन बिहान ४ बजेदेखि सुरुङभित्र सबै ४१ मजदुर फसेका छन, त्यसबाट उनीहरूलाइ अझै निकाल्न सकिएको छैन् ।
अजर मेसिनले छिट्टै सुरुङको प्रवेशद्वारबाट ६० मिटरसम्म ड्रिल गर्नेछ। र सुरुङ भित्र ८०० मिमी पाइप बिछ्याउने काम भइरहेको छ । जानकारी अनुसार १२ मिटर ड्रिलिङ गर्न बाँकी थियो । यसैबीच रड आइपुगेपछि उद्धार कार्य रोकिएको थियो तर त्यसपछि रड काटिएको थियो । अहिले उद्धार कार्य अन्तिम चरणमा पुगेको छ ।
ड्रिलिंग पूरा भएपछि एनडीआरएफ टोली अक्सिजन सिलिन्डर, ग्यास कटरको साथ ८०० एमएम पाइपमार्फत भित्र जानेछ र सबै कामदारहरूलाई एक एक गरी बाहिर निकालिनेछ। जानकारीका अनुसार एनडीआरएफ टोलीले कामदारहरूलाई बाहिरको तापक्रम र भित्रको तापक्रमबीचको भिन्नता बताउने छ, त्यसैले कामदारहरूलाई तत्काल बाहिर भने ल्याइने छैन। सबै चेकअप गरे पछि मात्रै उनीहरूलाइ बाहिर ल्याइने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार