उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत, सुन तस्करी जाँचबुझ आयोगमा चार सदस्य थपिए
नेपालबहस संवाददाता
मंसिर ७, २०८० बिहिबार ११:५२:४५
७ मंसिर, काठमाडौं । सरकारले अवैध सुन तस्करी नियन्त्रणका लागि गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगमा चार जना सदस्य थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको थियो । आयोगको माग बमोजिम चार जना प्राविधिक जनशक्तिसहितको सदस्य थपिएको उनले जानकारी दिइन् ।
नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए ।
उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले पनि पदावधि सकिनुभन्दा एक महिना अगाडि नै राजीनामा दिएका थिए ।
उनले पनि आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको र त्यसलाई आजको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको मन्त्री शर्माले बताइन् । मन्त्रिपरिषद बैठकले सुनको अवैध तस्करीबारे जाँचबुझ गठन गठन भएको आयोगको माग बमोजिम चार जना प्राविधिक जनशक्ति थप गर्ने निर्णय गरेको हो ।
यसै गरी विद्युत सुशासन आयोगको सदस्य पदमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने र प्राविधिक शिक्षाको क्षेत्रमा स्वीटजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीसफ्र्याङ्क ४.४६५ मिलियन (करिब ६५ करोड रूपैयाँ) अनुदान स्वीकृत गर्ने निर्णय पनि भएको मन्त्री शर्माले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार