पाल्पामा चिच्याएर वर माग्ने मेला सुरु
नेपालबहस संवाददाता
मंसिर ७, २०८० बिहिबार १३:४३:२२
७ मंसिर, पाल्पा । चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु भएको छ । हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ । बिहीबारदेखि सुरु मेला पाँच दिनसम्म चल्नेछ ।
भक्तजनको ठूलो सहभागिता हुन थालेपछि विगतमा तीन दिनसम्म चल्ने मेला यो वर्षदेखि पाँच दिनसम्म सञ्चालन गर्न लागिएको सत्यवती ताल संरक्षण विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । उनका अनुसार यसवर्ष करिब दुई लाख बढी भक्तजन मेलामा सहभागी हुने अनुमान छ ।
मेलामा हरेक भक्तजनले रातको समयमा बाँस, निगालो, सालआदि जातका लिंगो लिएर तालमा गाँड्ने र आफूले गाँडेको लिंगो भोलिपल्ट चिनेर पूँजा गरेपछि वर मागेर फर्कने परम्परा छ । मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर वर मागे मनोकामना पूरा हुने विश्वास छ ।
धार्मिक पर्यटकीयस्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँसको लिगो लिएर आवाज निकाल्ने गरी चिच्याउदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने गरिन्छ । मन्दिर प्रायः रातको समयमा पूजा गर्ने प्रचलन छ ।
एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले मनोकाङ्क्षा मागेको बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिएकोमा ती युवाले घर फर्किए लगत्तै सुनाउदा उनको मृत्यु भएकाले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको पौराणिक कथन छ ।
परापूर्वकालमा सत्यवती बज्यैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किम्बदन्ती छ । नेपालका विभिन्न जिल्ला र भारतको सुनौली, नौतुना, गोरखपुरलगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा हरेक वर्ष यहाँ लाग्ने मेलामा दर्शनार्थी मन्दिरमा पूजाआजा गर्न आउने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबरञ्जाको सात वर्ष पुरानो धुलेमेला
जेठ १८, २०८१ शुक्रबार
पशुपति क्षेत्रको गुरूयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने
जेठ १७, २०८१ बिहिबार
आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
कारोबारको पहिलो दिन नेप्से आज दोहोरो अङ्कले बढ्यो
जेठ २०, २०८१ आइतबार
एक अर्ब ५१ करोड ठगी गरेको आरोपमा पक्राउ परेका सीबी लामा सार्वजनिक
जेठ २०, २०८१ आइतबार
यातायात कार्यालय गौर दलालको लागि आकर्षणको केन्द्र, दुई जना पक्राउ
जेठ २०, २०८१ आइतबार
कुवेतका अमिरद्वारा नयाँ युवराज घोषणा
जेठ २०, २०८१ आइतबार
तस्बिर प्रदर्शनीले राजनीतिक दलका नेतालाई सचेत गराएको छ : नेता केसी
जेठ २०, २०८१ आइतबार