मनकामना मन्दिर परिसरको सरसफाइ
नेपालबहस संवाददाता
मंसिर ७, २०८० बिहिबार १३:५३:१९
७ मंसिर, गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको मनकामना मन्दिर परिसरको सरसफाइ गरिएको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबलकारले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसर पारेर मनकामना मन्दिर र मन्दिर परिसरको सरसफाइ गरिइएको हो ।
मनकामना केबलकारको स्टेशन मेनेजर उज्ज्वल शेरचनले केबलकारमा कार्यरत कर्मचारीको सहभागितामा मन्दिर र वरपर रहेका फोहरलाई सङ्कलन गरी व्यवस्थापन गरिएको जानकारी दिए । त्यस्तै केबलकारको सवस्टेशनमा पर्ने चोरेस वरपरको पृथ्वीराजमार्गअन्तर्गत पर्ने सडक क्षेत्रमा समेत सरसफाइ गरिएको थियो ।
वि.सं २०५५ मङ्सिर ८ औपचारिकरुपमा सञ्चालनमा आएको मनकामना केबुलकारले शुक्रबार सेवा प्रारम्भ गरेको २५ वर्ष पूरा गर्दैछ । मनकामना केबलकार हुँदै गोरखाको सहिद लखन गाउँपालिकाको वडा नं २ मा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्न सकिन्छ ।
केबुलकार सञ्चालनको अवधिमा हालसम्म स्वदेशी तथा विदेशी गरी मनकामना केबलकार हुँदै करिब एक करोड ८१ लाखभन्दा बढी तीर्थयात्री मनकामना मन्दिर पुगिसेकेको सहायक स्टशेन म्यानेजर सुनिल कमाचार्यले जानकारी दिए ।
नेपाली–भारतलगायतका सार्क राष्ट्रबाट आउने पर्यटकहरू, चीनलगायतका अन्य विभिन्न देशबाट मनकामना मन्दिर घुम्न आउने पर्यटक मनकामना केबलकार चढेर प्रसिद्ध मनकामना मन्दिरको दर्शन गर्न पुग्ने गरेका छन् । एनालग प्रविधिमा सञ्चालित मनकामना केबलकारलाई आउँदो वर्षदेखि डिजिटल प्रविधिमा लैजाने तयारी भइरहेको सञ्चालकमध्येका एक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेता निधिद्वारा युवा सङ्कल्प यात्रालाई जनकपुरधाममा स्वागत
कात्तिक २६, २०८१ सोमबार
पार्कर खेलाडी दिनेशलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान
कात्तिक २६, २०८१ सोमबार
तमु विद्यार्थी छोंज धींको अध्यक्षमा चितवनका पवन
कात्तिक २६, २०८१ सोमबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल
कात्तिक २६, २०८१ सोमबार
सोमबार १२ बजेभित्र लाइन काटिएका उद्योगमा विजुली जोड्न उर्जा मन्त्रालयलाई मन्त्रिपरिषदको निर्देशन
कात्तिक २५, २०८१ आइतबार
ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
कात्तिक २६, २०८१ सोमबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने
कात्तिक २६, २०८१ सोमबार
लुम्बिनी प्रादेशिक अस्पतालमा ४ वर्षदेखि एमआरआई ल्याउने सपना तुइहिने चिन्ता
कात्तिक २६, २०८१ सोमबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
कुनै पनि हालतमा देश बिगार्न दिन्न, उद्योगधन्दा निर्वादरूपमा सञ्चालन हुनुपर्छ: प्रधानमन्त्री ओली
कात्तिक २६, २०८१ सोमबार
३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार