हत्या गरेको आरोपमा एक जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर ७, २०८० बिहिबार १४:२३:२४
७ मंसिर, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरका ६५ वर्षीया नारुदेवी जोशीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
गत कात्तिक १९ मा घर नजिकै मृत भेटिएका जोशीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज स्थानीय महेश डगौरालाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएकी जोशीको हत्यामा संलग्न रहेको अनुसन्धानबाट पुष्टि भएपछि डगौरालाई सार्वजनिक गरिएको बताए । “डगौरा लागुऔषध प्रयोगकर्ता समेत रहेछन् उनले नारुदेवी एक्लै घाँस काटन जङ्गल जाने क्रममा देखेपछि पिछा गर्दै गएको पुष्टि भएको छ ।” प्रहरी उपरीक्षक थापाले भने, “डगौराले घाँस काटिदिन्छु भन्दै घाँटी च्यापेर हत्या गरेको स्वीकार गरेका छन ।”
वृद्धको हत्यापछि सुन लुटपाट गरेको र सुन बिक्रीका लागि धनगढी पुगुेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । “यसअघि डगौराले साइकल चोर्ने र लुटपाट गर्ने गरेको देखियो”, उनले भने, “वृद्धको हत्या गरी कान, नाकमा लगायतका तीन थान गहना तीन पसलमा बिक्री गरेको देखियो ।” उनले हत्या गरेकै दिन डगौराले सुन बिक्री गरेर धनगढीदेखि नेपालगञ्ज हुँदै मुम्बई बैङ्गलोर भागेको बताए । धनगढीका तीन पसलमा ४६ हजारको सुन बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । वृद्धको हत्यापछि एक दशमलव ५० आनाको फुली, एक दशमलव ६९को मुन्द्रा र दुई दशमलव ७०० आनाको अर्र्कोे मुन्द्रा लुटपाट भएको थियो ।
नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुन बिक्री गर्न सहयोग पुगाउने लक्ष्मण चौधरी, नीरज भट्ट र सुन खरिद गर्ने इन्द्रबहादुर बराल, खगेन्द्र सोब र दीपेन्द्र सिजापतिलाई आज कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । सुनचाँदी पसलधनीले लक्ष्मण चौधरी र नीरज भट्टले आफूहरुसँग श्रीमती बिरामी भएकाले आफतमा सुन बिक्री गर्नुपरेको बताएका थिए ।
प्रहरी उपरीक्षक थापाले पाँच जनाविरुद्धमा फरक फरक मुद्दा आकर्षित हुने बताए । महेश डगौराका नाममा कर्तव्य ज्यान र लुटपाट, अन्य मतियार, सुन पसलधनी विरुद्धमा गैर कानुनी सुन खरिद बिक्रीको मुद्दा लगाउने तयारी गरेको प्रहरीले छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
क्यानडा पठाइदिन्छु भनी १८ लाख ठगी गर्ने व्यक्ति पक्राउ
असोज ६, २०८१ आइतबार
विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
दुई महिनामा थपियो साढे ९४ अर्ब सरकारी ऋण
असोज ६, २०८१ आइतबार
ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को विजेता
असोज ६, २०८१ आइतबार
रामेछापमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते
असोज ६, २०८१ आइतबार
चलचित्र ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक
असोज ६, २०८१ आइतबार
अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइयो
असोज ६, २०८१ आइतबार
सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई सरकारको निर्देशन
असोज ६, २०८१ आइतबार