आजदेखि अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सुरु
नेपालबहस संवाददाता
मंसिर ७, २०८० बिहिबार १५:२५:३२
७ मंसिर, कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आजदेखि ‘एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक’ प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका-१३ स्थित आर्बा-विजयडाँडामा आगामी मङ्सिर ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित ११ देशका ५५ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी खेलाडीमा पाँच जना महिला छन् । साहसिक खेल पर्यटनका लागि प्रख्यात पोखरामा प्रतियोगिताबाट विश्वभरका साहसिक माउन्टेन बाइकप्रेमीलाई आकर्षित गर्ने विश्वास लिइएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा प्रतियोगिता समुद्री सतहबाट एक हजार तीन सय ६० मिटर उचाइमा रहेको आर्वा–विजयडाँडामा सुरु भएको हो । प्रतियोगिताका लागि पाँच वटा रुट तय गरिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिङ्गापुरका खेलाडी वेलसोन लोलाई नम्बर प्लेट दियर प्रतियोगिताको उद्घाटन गर्नुभयो । इलिट पुरुषतर्फ जुनियर (१२-१८ वर्ष), मास्टर्स ‘क’ (३०-३९ वर्ष), मास्टर्स ‘ख’ (४०-४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ-बाइक गरी सात विधामा प्रतिस्पर्धा सञ्चालन गरिने प्रतियोगिताका निर्देशक सुनिलचन्द्र शर्माले जानकारी दिए ।
प्रतियोगिताको इलिट पुरुषतर्फको विजेताले नगद रु ५० हजार उपविजेतालाई रु ३० हजार र तृतीय हुनेलाई रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महिलातर्फ सोही इभेण्टमा विजेतालाई रु ३५ हजार, उपविजेतालाई रु २५ हजार र तृतीय हुनेलाई रु १५ हजार पुरस्का प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा महानगर प्रमुख आचार्यले पोखरालाई खेल पर्यटनको राजधानीका रुपमा विकास गर्नका लागि खेलकुद प्रतियोगितालाई सहयोग गर्दै आएको बताए । “पोखराको पर्यटन प्रवद्र्धनका लागि महानगरले योजना बनाएर काम गर्दै आएको छ । आचार्यले भने, “प्राविधिक हिसाबले आर्वाकोडाँडा प्रतियोगिता सञ्चालनका लागि उपयुक्त भएपछि छनोट गरेका हौँ ।”
पोखरा महानगरपालिका-१३ का वडाध्यक्ष किरण बरालले विकासमा पछाडि परेको आर्वाको भौतिक तथा पर्यटन विकासमा प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे । पोखरा-१२ का वडाध्यक्ष सन्तोष बाँस्तोलाले पर्यटन विकासबाटै पोखराको समृद्धि हासिल गर्न सकिने भएकाले वडाका पर्यटकीय क्षेत्रको विकासमा महानगरले साथ र सहयोग गर्न आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
रामेछापमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते
असोज ६, २०८१ आइतबार
चलचित्र ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक
असोज ६, २०८१ आइतबार
अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइयो
असोज ६, २०८१ आइतबार
सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई सरकारको निर्देशन
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
अलाबामामा गोली चल्दा चारको मृत्यु, दर्जनौं घाइते
असोज ६, २०८१ आइतबार