हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या
नेपालबहस संवाददाता
मंसिर ७, २०८० बिहिबार १६:३३:३
७ मंसिर, बाँके । बाँकेमा हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगञ्जले केही समयअघि गरेको परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका सहायक केमिष्ट गोपाल रेग्मीले जानकारी दिए ।
उनका अनुसार बाँकेको डुडुवा गाउँपालिकामा हाते पम्पबाट आउने खानेपानीमा बढी आर्सेनिक देखिएको हो । जिल्लाका केही स्थानका खानेपानीमा क्याल्सियमको मात्रा पनि बढी देखिएको रेग्मीले बताए ।
“खानेपानीमा चुनको मात्रा बढी हुनेलाई क्याल्सियम धेरै भएको मानिने र चुनको मात्रा बढी हुँदा खानेपानीको पाइपसमेत जाम हुनसक्छ”, उनले भने, “कोहलपुरमा खानेपानीमा क्याल्सियमको मात्रा बढी देखिएको छ ।”
पानी परीक्षणका क्रममा केही स्थानका खानेपानीमा कोलिफर्मको मात्रा पनि देखिएको भन्दै शौचालय, गाईगोठ नजिक रहेका हाते पम्पबाट आउने खानेपानीमा कोलिफर्म देखिएका प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालाले स्थलगत रुपमा खानेपानीका नमूना सङ्कलन गरी परीक्षण गरिरहेको जनाएको छ । हुम्ला, जुम्ला, डोल्पा र जाजरकोट क्षेत्रका खानेपानीको नमूना सङ्कलन गरी प्रयोगशालाले गुणस्तर परीक्षण गर्दै आएको रेग्मीले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, खानेपानी उपभोक्ता समिति, गैरसरकारी संस्थालगायतले सङ्कलन गरी ल्याएका नमूना पनि परीक्षण गर्ने गरिएको उनको भनाइ थियो ।
खानेपानीको गुणस्तर परीक्षणका लागि विभिन्न सीमा तयार गरी पानीमा हुने अमिलो वा टर्रोपना, विद्युतीय संवाहक, पानीको घुलित अवस्था, अमोनियालगायतका विषयको परीक्षण हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार