दुई सातादेखि एसपी दाहाल हिरासतमा
नेपालबहस संवाददाता
मंसिर ७, २०८० बिहिबार २२:३४:१३
७ मंसिर, काठमाडौं । दुई सातादेखि नेपाल प्रहरीका वहालवाल एसपी प्रहरी हिरासतमा रहेको छन् । प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक 'एसपी' भीमबहादुर दाहाल १२ दिनदेखि थुनामा छन् । उनले चलाएको गाडीले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएपछि उनी थुनामा रहेका हुन् ।
एसपी दाहाललाई सवारी ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो । दाहालको गाडीको ठक्करबाट मोटरसाइकल चालक अनिल मडीको मृत्यु भएपछि २४ कात्तिकमा दाहाल पक्राउ परेका थिए ।
२४ कात्तिकको राति करिब ९ बजे दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडी र मे १० प १६६९ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गको कन्काई नगरपालिका–८ बिरिङ पुलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका– ६ का १८ वर्षीय अनिल मडीको मृत्यु भएको थियो ।
घटनापछि पक्राउ परेका प्रहरी उपरीक्षक दाहाललाई म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार रहेको र दुई जना घाईते भएका थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भएको थियो ।
अहिले पीडित परिवारले एसपी विरुद्ध उजुरी दिएका छन् । उता एसपीले गाडीमा मोटरसाइकल अनियन्त्रित भई ठोक्किएको, चालकले मादकपदार्थ सेवन गरेको तथा तीन जना राखेर चलाएको र चालकको लाइसेन्स समेत नभएको बताउदै आफ्नो कुनै पनि गल्ती नभएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
क्रिसमसको तयारी
पुष ९, २०८१ मंगलबार
सोमबार रातिदेखि हुम्लामा हिमपात
पुष ९, २०८१ मंगलबार
आजबाट पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु [ फोटो फिचर ]
पुष ९, २०८१ मंगलबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार