भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा
नेपालबहस संवाददाता
मंसिर ८, २०८० शुक्रबार ११:४०:४
८ मंसिर, त्रिवेणी । भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एकीकृत स्वास्थ्य घुम्ती शिविरमार्फत परामर्श सेवा प्रवाह गरिरहेको छ ।
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा बिरामीका लागि चिकित्सकको समूह टोल–टोलमा पुगेर विभिन्न संस्थाको सहयोगमा भूकम्पपीडितलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो ।
दुई दिन सञ्चालन भएको स्वास्थ्य शिविर बिहीबार सम्पन्न भए पनि विभिन्न सङ्घसंस्थाको सहयोगमा भूकम्पपछिको मानसिक तनाव कम गर्न प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शको काम जारी रहेको आठबीसकोट नगरपालिकाका स्वास्थ्य संयोजक प्रेमप्रकाश रोकायले जानकारी दिए । उनका अनुसार दुई दिन लगाएर भूकम्पले बढी प्रभावित पारेको क्षेत्र वडा नं ९, १०, ११, १२, १३ र १४ मा घाइते तथा बिरामीको निःशुल्क स्वास्थ्य चाँज तथा बिरामीलाई आवश्यक औषधि पनि उपलब्ध गराइएको हो ।
नगरपालिकामा दुई दिन सञ्चालन गरिएको शिविरमा जाँच गरिएका घाइते तथा बिरामीमा कुनै न कुनै खालको समस्या देखिएको रोकायले बताए । नगरपालिकामा बढी प्रभावित वडा नं ९ देखि १४ सम्मका घाइते, बिरामी तथा सर्वसाधारणको जाँच गर्दा ज्वरो, रुघाखोकी, पखाला, शरीर दुख्नेदेखि मानसिक समस्यासम्म देखिएको उनले जानकारी दिए ।
सामान्य खालका बिरामीलाई औषधि दिइएको जनाउँदै मानसिक समस्या देखिएकालाई तत्कालका लागि सामान्य परामर्श दिइएको रोकायले बताए । सामान्य परामर्शले मानसिक समस्या कम नहुने भएकाले यही मंसिर ११ गते नगर अस्पतालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक परार्मश शिविरमा सञ्चालन गरिने उनले जानकारी दिए ।
नगरपालिको आयोजनामा सिएमसी नेपालको प्राविधिक सहयोगमा वरिष्ठ मानसिक रोग विशषज्ञद्वारा मानसिक तथा मनोसामाजिक परामर्श शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । भूकम्पका कारण बढी प्रभावित क्षेत्रमा पीडितमा मानसिक समस्या देखिएकाले आवस्यक सुझाव दिई तनाव कम गर्न वडा–वडामा विभिन्न मनोसामाजिक परामर्श सेवा केन्द्र सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक रोकायले जानकारी दिए ।
पीडितको समस्या बुझ्न, आवश्यक सल्लाह, सुझाव दिन र मानसिक समस्या पहिचानको विवरण सङ्कलन गर्न विभिन्न सङ्घसंस्थाले नगरपालिकासँग समन्वय गरिरहेका नगरउपप्रमुख धनकुमारी शाहीले जानकारी दिए । उनका अनुसार सामाजिक क्षेत्रमा काम गर्दै आएका ओरेक, टिपिओ, सिएमसी र सोसेस नेपालले सहकार्य गरिरहेका छन् । उपप्रमुख शाहीले बढी प्रभावित क्षेत्र तथा आफन्त गुमाएका परिवारलाई पहिलो प्राथमिकतामा राखेर परामर्श सेवा दिइने जानकारी दिए।
पछिल्लो समय अत्यधिक चिसो बढेकाले परिवारमा ज्वरो, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिन थालेको आठबीसकोट–१३ भल्माका स्थानीय हरिबहादुर ओलीले बताए । उनका अनुसार केही भूकम्पपीडित परिवारलाई अस्थायी आवास निर्माण भए पनि धेरै पीडित घरपरिवार अस्थायी आवास निर्माण नहुँदा भूकम्पपीडित त्रिपालमै रात कटाउन बाध्य छन् । अस्थायी आवास समयमै नबन्ने हो र त्रिपालकै साहारा भइरहने हो भने अझ धेरै स्वास्थ्य समस्या देखिने शिक्षक भीवबहादुर ओलीको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली
मंसिर ५, २०८१ बुधबार
आँखाको निःशुल्क शल्यक्रिया दुर्गम जिल्लाका नागरिकका लागि बरदान
मंसिर ३, २०८१ सोमबार
निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित
मंसिर २, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार