गरिमा विकास बैंकको एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ८, २०८० शुक्रबार १२:५:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/garima_tKzdftJJS9_XOAPTd4vbh.jpeg)
८ मंसिर, काठमाडौं । गरिमा विकास बैंक लिमिटेड १७औं बसन्तमा प्रवेश गरेको छ । बैंकले आफ्नो स्थापनाकालको १६औं वर्ष पूरा गरि १७औं बसन्तमा प्रवेश गरेको हो ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ सेवा प्रवाह गरिरहेको छ । हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार यस विकास बैंकले ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब ६८ अर्ब कर्जा लगानीमा रहेको छ ।
करिब ८ लाख ग्राहकहरुलाई सेवा पु¥याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको छ । यस गरिमामय यात्रामा निरन्तर साथ दिने सेवाग्राही, सेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, कर्मचारी तथा शुभेच्छुकहरु प्रति बैंकले हार्दिक कृतज्ञता प्रकट गरेको छ ।
यस विकास बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौंको पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन निम्न १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको छ ।
१. रक्तदान कार्यक्रम : विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा आयोजित रक्तदान कार्यक्रमबाट १०९ युनिट रगत संकलन भएको छ ।
२. रक्तदान कार्यक्रम : विकास बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट
१५२ युनिट रगत संकलन भएको छ ।
३. रक्तदान कार्यक्रमः विकास बैंकको क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १०५ युनिट रगत संकलन भएको छ ।
४. गलेश्वरधाम जेष्ठ नागरिक आश्रम, म्याग्दीमा न्यानो कपडा वितरण
५. श्री शिव पार्वती बृद्धाश्रम तथा बहुउद्धेश्य संस्था, स्याङ्जा मा न्यानो कपडा वितरण
६. गुरुकुल बृद्धाश्रम, स्याङ्जा मा न्यानो कपडा वितरण
७. विर्तामोड नगरपालिका, झापाको सबै वडाहरुका लागि डस्टबिन हस्तान्तरण
८. भृकुटीपथ टोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्था, चितवनमा डस्टबीन हस्तान्तरण
९. श्री जनता माध्यमिक विद्यालय, मलंगवा, सर्लाहीमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीहरुका लागि स्कुल ब्याग वितरण
१०. अनाथ तथा असहाय महिला कल्याण समाज, रुपन्देहीको अनाथ आश्रममा आवश्यक ईन्भर्टर हस्तान्तरण
११. प्रशान्ति बृद्धाश्रम केन्द्र ९सुर्खेत०लाई आवश्यक बेड हस्तान्तरण
१२. ट्राफिक व्यवस्थापनलाई थप सहजिकरण हेतु क्षेत्रीय ट्राफिक कार्यालय इटहरीको समन्वयमा डिजिटल बोर्ड स्थापना
१३. वित्तिय जागरुकताका लागि नेशनल इन्फोटेक कलेज, विरगंजमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना
१४. सेती प्रादेशीक अस्पताल, धनगढीमा आर्थिक सहयोग एवं अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण
१५. काठमाडौंको बुढानिलकण्ठ मन्दिरलाई १०० थान कुर्सी हस्तान्तरण
१६. नेपाल प्रहरी अनाश्रीत गुल्म, सुन्धारालाई भिजिटर कुर्सी हस्तान्तरण
१७. अमर सेवा नेपाल अनाथ आश्रमलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्धारा 'महालक्ष्मी कल सेन्टर' को सुरुवात
माघ २७, २०८१ आइतबार
महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता
माघ २२, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार