अहिले यो देशमा राजा फर्काउछौँ भनेर राजतन्त्र माग्न सडकमा आउनेहरु चेतना नभएका मुर्ख हुन्ः ओली
नेपालबहस संवाददाता
मंसिर ८, २०८० शुक्रबार १६:५९:३८
८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र माग्न सडकमा आएकाहरु चतना नभएका मुर्खहरु भएको टिप्पणी गरेका छन् । जनताले हेर्दाहेर्दै वाक्क भएर राजतन्त्र अन्त्य गरेको भन्दै अब राजतन्त्र फर्किने कल्पना गरेर सडकमा आउनु मर्खता हुने उनको भनाइ छ ।
शुक्रबार भ्रातृ संगठन युवा संघको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले चेतना नभएका मुर्खहरूले मात्रै राजतन्त्रको कुरा गर्ने बताए । हेर्दाहेर्दा वाक्क दिक्क भएर जनताले यो काम लाग्ने चिज रहेनछ भनेर राजतन्त्र फ्याँकेको भन्दै ओलीले अहिले त्यही राजतन्त्र भनेर एकाथरी सडकमा आएको बताए । चेतना नै नभएका मुर्खले राजतन्त्र मान्छन्,’ उनले भने, ‘नागरिक सर्वोच्चता स्वीकार्न नसक्ने? त्यो त चेतना हैन, मुर्खता हो ।’
नेपालमा जनताले राजतन्त्र काम लाग्दैन भनेर फालेको भन्दै ओलीले भने, ‘कठैबरी, नागरिक सर्वोच्ता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपुर्छ भन्ने पनि चेतना हो र ? त्यो त मूर्खता हो ।’
नेपालमा राजतन्त्रले दुःख दिने बाहेक केही नगरेको उनले बताए । ‘त्यस्तो एउटा मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन्’ एमाले अध्यक्ष ओलीले भने, ‘त्यस्तो बेलामा युवा संघले देश संकटमा परेको बेला काँध थाप्ने हामी छौं है भनेर बोल्यो, धन्यवाद छ ।’
युवा संघले बिहीबार गरेको प्रदर्शन झलक मात्र भएको भन्दै उनले ठूलो आन्दोलनका लागि तयार रहन आग्रह गरे । ‘प्रतिक्रियावादीहरुले चुनावमा भेट हुने भन्छन् भने भेटौं । सडकको मैदानमा भेट हुने भन्छन् भने ठिक छ, सडकमै भेटौं’ एमाले अध्यक्ष ओलीले भने, ‘दिन र ठाउँ तोकेर भेट्न तयार छ युवा संघ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार