गणतन्त्रमा राजाको हैन, जनताको कुरा हुन्छः ओली
नेपालबहस संवाददाता
मंसिर ९, २०८० शनिबार २०:२९:५९
९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र चिट्ठा परेर नभई लडेर ल्याएको बताएका छन् । उनले कुनै व्यक्ति र परिवार मुलुकका जनताभन्दा माथि व्यवस्था कल्पना गर्न नसकिने बताएका छन् । अहिले राजाका नाममा नेपालमा अस्थिरता ल्याउने षड्यन्त्र भइरहेको उनको भनाइ छ ।
नेपाल संवत ११४४ को अवसरमा एमाले काठमाडौंले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सचेत जनताले पश्चगमनमा नजाने बताए । हामी ढुंगे युगतिर फर्किन सकिँदैन । जन्मिँदै कोही राजा हुने, जनताभन्दा ठूलो व्यक्ति र परिवार हुने कुरा सचेत जनताले स्वीकार्न सक्दैन, नयाँ पिँढीले स्वीकार्न सक्दैन,’उनले भने ।
लोकतान्त्रिक गणतन्त्र चिट्ठा परेर ल्याएको होइन, लडेर ल्याएको हो । त्यसको रक्षाका लागि एमाले उभिन तयार छ। एनले भने । जनताले लडेर ल्याएको राजनीतिक परिवर्तनका उपलब्धि रक्षा गर्नुपर्ने उनको भनाइ थियो । उनले नागरिकले नै सचेत भएर त्यसको रक्षाका लागि अगाडि बढ्नुपर्ने बताए । नेपालका विरुद्ध षड्यन्त्र भइरहेको पनि ओलीको भनाइ थियो ।
उनले जनतालाई विभिन्न बहानामा भड्काउन खोजिएको भन्दै सचेत हुन आग्रह गरेका छन् । कसले त्यसो गरिरहेको भन्ने स्पष्ट नभने पनि ओलीले जनता सचेत हुनुपर्ने आग्रह गरेका हुन् । हाम्रो देशका विरुद्ध षड्यन्त्र भइरहेको छ । हाम्रो देशलाई अस्थिरतामा फसाउने षड्यन्त्र भइरहेको छ । हाम्रा जनतालाई पहिचान, जात, धर्मका नाउँमा विभाजित गर्ने प्रयास भइरहेको छ ।
देशमा द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ,’ उनले थपे, ’केही समय अगाडि हिन्दु र मुस्लिमका बीचमा झगडा लगाउने कोसिस भयो । त्यो षड्यन्त्र पर्दाफास भयो । त्यो असफल भएपछि जनतालाई असामयिक, असान्दर्भिक कुरा निकालेर, जनतालाई अल्मल्याएर त्यस प्रकारका काम भइरहेका छन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार