तेमाल बृहत् खानेपानी : भुक्तानी नहुँदा आयोजनाको समयावधि लम्ब्याइयो
नेपालबहस संवाददाता
मंसिर १०, २०८० आइतबार ७:५३:१३
१० मंसिर, काभ्रेपलाञ्चोक । गत चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घर–घरमा पुर्याउन आयोजनाको काम तीव्रगतिमा भइरहेको थियो । विसं २०७८ मंसिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको अवस्थामा ठेकेदार कम्पनीले भुक्तानी नपाएको जनाउँदै यस वर्ष आयोजनाको समयाबधि लम्ब्याइएको छ ।
तेमाल बृहत् खानेपानी आयोजना आठ वर्षअघि कालिका–सिएबी जेभीले ठेक्का लिएको थियो । खानेपानी मन्त्रालयबाट करिब रु पाँच करोड भुक्तानी नपाएको जनाउँदै कम्पनीले महिनौँदेखि निर्माणको काममा आलटाल गरेको उपभोक्ता समितिले जनाएको छ । भुक्तानी नपाएपछि आयोजनाका जिम्मेवार व्यक्तिहरूले सम्पन्न गर्नेतर्फ आलटाल गर्दा समय लम्बिएको समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बताए । उनका अनुसार तेमाल गाउँपालिकाको वडा नं २ र ३ मा धारा जडान तथा करिब ५० स्थानमा पानी ‘कन्ट्रोल’का सामग्री जडान बाँकी छ ।
आयोजनालाई कोरोनाको दुई लहर र गत साल साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्याउँदा उक्त आयोजना करिब एक वर्ष धकेलिएको थियो । हाल पाइप लाइन विस्तार तथा धारा जडानका काम अन्तिम चरणमा सुस्तगतिमा भइरहेको समितिले जनाएको छ । समितिले गत कात्तिक मसान्तसम्ममा काम सक्न आयोजनालाई भने पनि आलटाल गरिएको हो । अध्यक्ष लामाले आयोजनाको करिब ९९ प्रतिशत काम सकिएको बताए ।
मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको छ भने तीन हजार उपभोक्तालाई घरमा पानी पुर्याइसकिएको उनले बताए । उनका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने मेनलाइन र शाखा लाइनमा पाइप बिछ्यउने तथा घर–घरमा धाराका सामग्री वितरणकार्य भइरहेको छ । साथै प्रशोधन केन्द्रबाट वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ ।
उक्त आयोजनाले नमोबुद्ध नगरपालिका–५ कोटतेमाल र कालिमाटीका करिब नौ सय घर तथा रोशी गाउँपालिका–७ कटुञ्जेस्थित एक सय १० घरपरिवार समेटेको छ । तेमाल क्षेत्रका नौ हजार तीन सय १० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । पाइपको मेनलाइनअन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो खनेर बिछ््याउनुपर्ने सम्झौताअनुसार काम भएको छ । आयोजनाका लागि रु पाँच करोड बराबरको जनश्रमदान भएको अध्यक्ष लामाले बताए।
याङ्बेलडाँडामा आयोजनाको चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ । आयोजनाको छुट भएका केही निर्माण गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट गत पुसमा रु १० करोड ३४ लाख ४१ हजार उपलब्ध भए पनि थप निर्माण भएको छ । उक्त आयोजना सम्पन्न भएपछि तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई खानेपानी उपलब्ध हुनेछ ।
लिफ्टिङ प्रविधिको उक्त आयोजनाको मुहान सुनकोशी नदी किनारमा छ । गत वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेँसीमा कटान गरेको थियो । त्यससँगै गत साउन १७ र १९ गतेको बाढीले क्षति पुर्याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कीको जोखिमलाई सुरक्षित गरिएको छ । उनका अनुसार बाढीले त्यतिबेला आयोजनाको रु ६० लाखभन्दा बढी क्षति पुर्याएको थियो भने करोडाँैका संरचनालाई जोखिम पुर्याएको थियो ।
तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालिकाको नौवटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको ७ नं वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् । विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम २०७८ मङ्सिरमा सक्ने लक्ष्य राखिएको थियो । खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
बारा र पर्साका २ सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान
जेठ ९, २०८१ बुधबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
आईपीएलको इलिमिनेटरमा आज राजस्थान र रोयल च्यालेन्जर्स खेल्दै
जेठ ९, २०८१ बुधबार
कडा सुरक्षाबीच सिरोहियालाई धनुषा अदालत पुर्याइयो
जेठ ९, २०८१ बुधबार
'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
जेठ ९, २०८१ बुधबार
क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
सडक विस्तारका लागि पहाड कटान गरिँदै
जेठ ९, २०८१ बुधबार