वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको अन्त्येष्टि
इन्द्र रिजाल
बैशाख ४, २०७६ बिहिबार २:३८:०
काठमाडौं । वरिष्ठ पत्रकार एवं कामना न्यूज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ ।
पशुपति आर्यघाटमा उनका छोरा दिरेकलाल श्रेष्ठले दागबत्ती दिनुभएको नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजालले जानकारी दिए ।
पशुपति आर्यघाटमा श्रद्धाञ्जलि दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, कलाकार, साहित्यकार, उद्योगी व्यापारी, पत्रकारलगायत पुगेका थिए । श्रेष्ठको ६० वर्षको उमेरमा आज बिहान निधन भएको हो । पशुपति आर्यघाट लैजानुअघि श्रेष्ठको पार्थीव शरीर भूगोलपार्कमा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।
सन् १९५९ अगस्तमा जन्मनुभएका श्रेष्ठ कामना न्यूज पब्लिकेसन र नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष थिए। राष्ट्रिय समाचार समिति ९रासस०का सञ्चालक समिति सदस्य, न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब र प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा समेत उहाँले योगदान पु¥याएका थिए ।
श्रेष्ठ नेपालको प्रथम चलचित्र प्रतियोगिताको सल्लाहकारसमेत रहेका थिए । उनी फुटबलको राष्ट्रिय खेलाडीसमेत थिए । प्रबल गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्ट, वीरेन्द्र ऐश्वर्य सेवापदक, प्रेस काउन्सिल अवार्डलगायतबाट सम्मानित श्रेष्ठ पत्रकारिताका प्रशिक्षकसमेत थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार
आज अपरान्हदेखि देशको मौसममा बदली हुने, चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
पुष १२, २०८१ शुक्रबार
शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
जापानको औसत तापक्रम उच्च हुने सम्भावना
पुष १४, २०८१ आइतबार
स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ : सभापति देउवा
पुष १४, २०८१ आइतबार
टोखामा एक दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न
पुष १४, २०८१ आइतबार