भारतबाट २५ हजार टन चिनी किन्ने प्रक्रिया रद्ध, स्वदेशी चिनीको मूल्य बढाउने तयारीमा व्यवसायी
नेपालबहस संवाददाता
मंसिर १०, २०८० आइतबार १४:३१:३२
१० मंसिर, काठमाडौं । सरकारले दशैंदेखि भारतसँग खरिद गर्ने भनेर प्रक्रिया थालेको २५ हजार टन चिनी नकिन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी नकिन्ने निर्णय गरेको हो । भारतसँग चिनी नकिन्ने मन्त्रालय स्तरीय निर्णय भएको हो । उद्योगमन्त्री रमेश रिजाल र सचिव गजेन्द्र ठाकुरका बीचमा चिनी नल्याउने सहमति अनुसार यस्तो निर्णय गरिएको हो ।
नेपाली चिनी उद्योगीहरुले उत्पादनको सिजन सुरु भएको र अब क्रसिङ हुन लागेकाले भारतबाट चिनी ल्याउन आवश्यक नभएको दवाव दिँदै आएका थिए । व्यवसायीले भारतबाट आउने चिनी रोकेर नेपालमा नयाँ क्रसिङ हुने चिनीको मूल्य बढाउने तयारी अनुसार सरकारलाई भारतबाट चिनी नकिन्न दवाव दिएका थिए । सरकारले भने भारतले धुलो चिनी पठाउन लागेकाले चिनी किन्ने निर्णय स्थगित गरिएको जनाएको छ ।
अहिले उखुको क्रसिङ सुरु भएको छ । उद्योगीहरुले किसानसँग उखु खरिद गरी मिलमा पुर्याएका छन् । मंसिर दोस्रो सातादेखि नेपाली चिनी बजारमा आइपुग्ने व्यवसायीको भनाइ छ । केही मिलहरुले त उत्पादन सुरु गरिसकेका छन् । उत्पादन सुरु भएपनि सिजनमै मूल्य बढाउन चाहिरहेका छन् । चिनी किन्ने प्रक्रिया सुरु भएपछि भारतले नेपाललाई जी–टु–जी प्रक्रियाअनुसार तिहार अघि नै २५ हजार टन चिनी दिने भनेको थियो । तर, त्यो तिहार अगाडि आएन ।
नेपालमा चिनी अभाव भएपछि सरकारले भारतीय दूतावासमार्फत कूटनीतिक पहलमा भारत सरकारसँग चिनी उपलब्ध गराइदिन आग्रह गरेको थियो । तर भारतले उपलब्ध गराउने भनेको चिनी कम गुणस्तरीय रहेको र मूल्य उच्च राखेर नेपाललाई उपलब्ध गराउने भएपछि चिनी खरिदको प्रक्रिया रोकिएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले एक लाख ५० हजार टन चिनी उत्पादन हुने गरेको छ भने माग तीन लाख टन हुने गरेको छ ।
मन्त्रालयका अनुसार नेपालले सिफारिस गरे भन्दा फरक खालको र मूल्य बढी राखेर चिनीको मूल्य निर्धारण गरेपछि चिनीको खरिद प्रक्रिया रोकिएको हो । नेपालले माग गरेको चिनीको गुणस्तर र मूल्य अनुसार भारत सरकारले चिनी नदिने भएपछि नेपालले खरिद नगरेको हो । नेपालले माग गरेको ३२–३३ साइजको चिनी भारतले उपलब्ध नगराई ३०–३१ साइजको चिनी उपलब्ध गराउने जनाएपछि तत्काल ल्याउने प्रक्रिया रोकिएको सरकारी भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार