नेप्से आज उच्च अङ्कले उकालो, २ अर्बभन्दा बढीको कारोबार
नेपालबहस संवाददाता
मंसिर १०, २०८० आइतबार १६:३:३६
१० मंसिर, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४७ दशमलब ७५ अङ्कले उकालो लागेर एक हजार नौ सय सात दशमलब ९५ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ८३ अङ्कले उकालो लागेर तीन सय ६४ दशमलब ८१ म पुगेको छ । नेप्सेका अनुसार कूल ६५ लाख ३० हजार छ सय ४३ कित्ता शेयर रु दुई अर्ब एक करोड १७ लाख ६३ हजार तीन सय ५८ मूल्यमा कारोबार भएको छ ।
नेप्सेका अनुसार, कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड ६६ लाख ६७ हजार दुई सय ६० बराबरको कारोबार भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रु सात करोड ५६ लाख ९४ हजार पाँच सय २१, नबिल बैंक रु सात करोड ३७ लाख १२ हजार दुई सय ८० ,सिटिजन लाइफ इन्स्योरेन्स रु छ करोड ३४ लाख ८६ हजार तीन सय छ र आइएमई लाइफ इन्स्योरेन्स रु पाँच करोड ९८ लाख ८३ हजार पाँच सय २४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
छ्याङ्दी हाइड्रोपावर,भगवती हाइड्रोपावर,विजय लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । स्वरोजगार लघुवित्त नौ दशमलब ८९ र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले नौ दशमलब ८८ प्रतिशतले कमाएका छन् ।
यस्तै,इन्फिनिटी लघुवित्त दुई दशमलब ४७,एनएमबी सुलभ इन्भेक्ष्टमेन्ट फण्ड दोस्रो,आशा लघुवित्त दुई दशमलब ४४,आत्मनिर्भर लघुवित्त दुई दशमलब ३९ र नबिल डिवेञ्चरका लगानीकर्ताले एक दशमलब ९९ प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोबार
मंसिर २०, २०८१ बिहिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार