सरकारद्वारा एकै पटक ७१ जना सहसचिवको सरुवा
नेपालबहस संवाददाता
मंसिर १०, २०८० आइतबार २०:४४:१
१० मंसिर, काठमाडौं । विभिन्न मन्त्रालयका ७१ जना सहसचिवहरूको सरुवा भएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार ७१ जना सहसचिवहरुको सरुवा भएको हो । सरुवा सँंगसँंगै संघ, प्रदेश र स्थानीय तहमा ठूलो संख्यामा सहसचिव हेरफेर भएको छ । यसअघि सरुवाका लागि प्रस्ताव गरिएको सूचीमा थपेर सरुवा गरिएको हो ।
यो पटक संघीय मन्त्रालयले प्रदेशमा बढी समय बिताइएकाहरुलाई संघमा ल्याएको छ भने संघमा धेरै सयम काम गरेकालाई प्रदेशमा पठाएको छ । तीन साता अघि संघीय मामिला तथा सामान्य प्रशासान मन्त्रालयले ५५ जना सचिवको सरुवाको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । तर, मन्त्रीहरुबीचको मतभेदका कारण सरुवाको सूची सार्वजनिक भएको थिएन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह, रक्षा,अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा विज्ञान तथा प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, श्रम रोजगार तथा सामाजिक सुरक्षा, भूमि व्यवस्था तथा सहकारी, शहरी विकास लगायतका मन्त्रालयहरूमा नयाँ सहसचिवहरुलाई ल्याइएको छ ।
विभिन्न प्रदेशका मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरुमा पनि नयाँ सहसचिवहरु पठाइएको छ । सरुवामा मन्त्रीहरुको हस्तक्षेप भएको भन्दै विरोध पनि सुरु भएको छ । मुख्यसचिव र विभागीय मन्त्रीले आफू निकटकालाई रोजेर स्थान दिएको आरोप लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
भ्रष्टाचार मुद्दाबाट सफाइ पाएपछि आइतबार हाजिर भएका बैकुण्ठ अर्यालले आज दिए राजीनामा
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकले होटल ली हिमालयमा १५ प्रतिशत छुट पाउने
मंसिर ७, २०८१ शुक्रबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार