विज्ञापन निर्देशिका विरुद्ध दायर रिटको सुनुवाइ आज हुने
नेपालबहस संवाददाता
मंसिर ११, २०८० सोमबार ८:७:४
११ मंसिर, काठमाडौं । सरकारले विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अप्ठेरो पारेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुने भएको छ ।
अधिवक्ता सविन पोख्रेलले सरकारले बिज्ञापन बोर्डमार्फत व्यवसायीलाई काम गरी खाने वातावरणमा अंकुश लगाउन खोजेको भन्दै शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। जसको सुनवाइ आज हुन लागेको हो । आइतबार तोकिएको सुनुवाइमा इजलासबाट हेर्न नभ्याईएका कारण सोमबार ११ गतेका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सार्वजनिक खरिद अनुगमनको कार्यालय, विज्ञापन बोर्ड तथा बोर्डका अध्यक्षलाई विपक्षी बनाएर रिट दायर गरिएको अधिवक्ता पोखरेलले बताए। अधिवक्ता पोख्रेलका अनुसार विज्ञापन 'नियमन गर्ने' पहिलो संशोधन नियमावली २०८० र विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका २०८० हाललाई लागू नगर्न नगराउन भन्दै अन्तरिम आदेशका लागि रिट दायर गरेका हुन् ।
गठित विज्ञापन बोर्डले विज्ञापन क्षेत्र विस्तार एवं प्रवर्द्धनको सट्टा संकुचन बनाउँदै विज्ञापन व्यावसायीलाई निरुत्साहित पार्ने खालको निर्देशिका ल्याएको भन्दै विज्ञापन व्यवसायीहरू असहमति जनाउँदै आएका छन्। नेपाल सरकार विज्ञापन बोर्डले नियमनकारी भूमिका निभाउनुको सट्टा आफैँ विज्ञापन गर्ने, ऐन विपरित व्यावसायीको विलबाट ३ प्रतिशत रकम असुली गर्ने कार्यअघि बढाएसँगै व्यवसायीहरू कानुनी उपचारमा अघि बढेका हुन्।
विज्ञापन व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयले २०८० आषाढ ३१ गते जारी गरेको बिधुतीय खरिद निर्देशिका २०८० प्रति पनि तीव्र असन्तुष्ट जनाउँदै आएका छन्। कार्यालयले जारी गरेको निर्देशिकाका कारण विज्ञापन व्यवसायी मात्र नभई आमसञ्चार माध्यमसमेत बन्द हुने स्थितिमा पुगेको भन्दै तीव्र असन्तुष्टि जनाएका हुन्।
खुल्ला प्रतिस्पर्धालाई आधार बनाएर चुस्त दुरुस्त खरिद प्रकृयालाई अगाडी बढाउनु पर्नेमा अस्वस्थ प्रतिस्पर्धालाई पश्रय दिने खालको एवं बिज्ञापन ऐनसँग बाझिने गरी निर्देशिका आएको भन्दै व्यवसायीहरू आन्दोलनमा रहेको पनि राष्ट्रिय विज्ञापन संघका अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
ओलीको लगानी भनिएको प्रमाण आफैंले नबनाएको प्रसाईंको दावी, संगठित अपराधमा मुद्दा चलाउने
मंसिर २७, २०८१ बिहिबार
रामचन्द्र पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त
मंसिर २८, २०८१ शुक्रबार
लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ५ रनले विजयी
मंसिर २८, २०८१ शुक्रबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
जसपा नेपालका तीन वटा नगर समिति पुनर्गठन
मंसिर २८, २०८१ शुक्रबार
नबिल बैंकको १० प्रतिशत नगद लाभांश पारित
मंसिर २८, २०८१ शुक्रबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
मंसिर २८, २०८१ शुक्रबार