एनिमलको आक्रामक बुकिङ, रणवीर कपुरको करिअरको सबैभन्दा ठुलो ओपनिङ हुने
नेपालबहस संवाददाता
मंसिर ११, २०८० सोमबार १०:२:५५
११ मंसिर, मुम्बई । रणवीर कपूर, अनिल कपूर, बबी देओल र रश्मिका मन्डन्ना स्टारर एनिमल र विक्की कौशलको फिल्म साम बहादुर डिसेम्बर १ मा सिनेमाघरमा रिलिज हुने तयारीमा छ, जसको क्रेज सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ ।
जति दिन नजिकिँदै छ, फ्यानहरू बक्स अफिसमा एनिमल कि साम बहादुरबीच कसले बाजी मार्छ भन्ने जान्न उत्सुक छन् । यसैबीच दुवै चलचित्रको अग्रिम बुकिङ सुरु भइसकेकाले सामबहादुरसँग एनिमल टाढा गएको खबर आएको छ ।
बक्स अफिस ट्र्याकर सकनिल्कको तथ्याङ्क अनुसार, एनिमलले भारतभर १ लाख ११ हजार टिकटहरू बेचिसकेको छ, जसमा हिन्दीमा ९०५२६ टिकटहरू, तेलुगुमा २०५९१ टिकटहरू र तमिलमा २०० टिकटहरू छन्। जसका कारण फिल्मले अग्रिम बुकिङमा नै ३।४ करोडको राम्रो कमाई गरिसकेको छ ।
यसपछि यो फिल्म रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनिङ हुने अनुमान गरिएको छ । तीन घण्टा लामो फिल्म एनिमलले ‘ए’ रेटिङ पाएको भए पनि ट्रेलरले पनि निकै माया पाइरहेको छ ।
उता, साम बहादुरको कुरा गर्ने हो भने विक्की कौशलको फिल्मले रिलिज अगावै १२ हजार ८७६ टिकट बिक्री गरिसकेको छ भने अग्रिम बुकिङ कलेक्सन ४४ लाख ७१ हजार पुगेको छ । जबकि यो एनिमलको को तुलनामा धेरै कम छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार