व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनले अन्तिम विकल्पका रुपमा गणतन्त्र स्वीकारेको हो: देउवा
नेपालबहस संवाददाता
मंसिर ११, २०८० सोमबार १२:५४:४०
११ मंसिर, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा गणतन्त्रको विकल्पमा अर्को व्यवस्था सम्भव नभएको बताएका छन् । उनले अहिलेसम्म व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनले अन्तिम विकल्पका रुपमा गणतन्त्र स्वीकार गरेको बताएका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले गणतन्त्रको विरोधमा लागेर बेकारमा जीवनलाई बर्बाद बनाउने तिर नलाग्न आग्रह गरेका छन् । उनले भने, अहिलेको अवस्थामा आएर गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, यो व्यवस्था बदलिने कुरा छैन, बदल्न आवश्यक पनि छैन् ।
उनले गणतन्त्रको बिरोध गर्नेहरूको अर्थ नरहेको र गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिनु आवश्यक नभएको बताए । यस्ता अनावश्यक कुरामा कांग्रेसले समय खेर नफल्ने र बेतुकका विषयमा टीकाटिप्पणी गर्न पनि आवश्यक नरहेको बताए ।
वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरूले प्रश्न गरेका थिए । सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उनले स्पष्ट जवाफ दिएनन् । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ ? यस प्रश्नमा उनको जवाफ थियो, थाहा पाइहाल्नु हुन्छ नी ।
सो अवसरमा कांग्रेस नेता डा शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिए । उनले भने, राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ । यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुनसक्छ । सरकारका कामप्रति नागरिक पूर्ण रुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो ।
गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनु पर्नेमा जोड दिँदै उनले भने, मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन । मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन । संघीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको हो । जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार