बङ्गलादेशमा ‘हिंसात्मक’ कारबाहीमा हजारौं मानिस पक्राउ
नेपालबहस संवाददाता
मंसिर ११, २०८० सोमबार १५:२७:५४
११ मंसिर, ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि विपक्षी दलहरूमाथि व्यापक र हिंसात्मक कारवाही सुरु गरेको ह्युमन राइट्स वाच 'एचआरडब्लु' ले सोमबार बताएको छ । उक्त संस्थाका अनुसार कारबाहीका क्रममा करिब १० हजार कार्यकर्तालाई पक्राउ गरिएको छ ।
पक्राउ परेका हजारौँका साथै प्रमुख प्रतिपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी 'बिएनपी'का धेरैले पनि आरोपको सामना गर्नुपरेको छ । बिएनपीलाई उद्धृत गर्दै उसका ५० लाख सदस्यमध्ये करिब आधाले ‘राजनीतिक प्रेरित अभियोगको सामना गर्नुपरिरहेको’ एचआरडब्लुले उल्लेख गरेको छ ।
“वरिष्ठस्तरदेखि तल्लोस्तरसम्म कसैलाई नछाडी पक्राउ गरिएको छ”, बिएनपीका एक कार्यकर्ताले एचआरडब्लुलाई भने । अधिकार समूहले कारागारहरूमा अहिले क्षमताको दुई गुणाभन्दा धेरैलाई राखिएको छ । करिब १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशमा आगामी जनवरी ७ मा आम निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको ध्यान सत्तामा लगातार चौथो कार्यकाल पूरा गर्नेतर्फ रहेको छ ।
बिएनपी तथा अन्य दलहरूले ठूलो स्तरमा विरोध प्रदर्शन गरेर हसिनालाई सत्ता छाड्न र स्वतन्त्र सरकारमार्फत निर्वाचनको माग गरेका छन् । सरकारले ती मागलाई असंवैधानिक भन्दै अस्वीकार गरेको छ ।
“बङ्गलादेश अधिकारीहरूले विपक्षीलाई समाप्त गर्न र आम निर्वाचनभन्दा अघि प्रतिस्पर्धा हटाउने स्पष्ट प्रयासमा राजनीतिक विरोधीहरूलाई सामूहिक पक्राउ गरिरहेका छन्”, न्युयोर्कस्थित एचआरडब्लुले भनेको छ, “यो हिंसात्मक निरङ्कुश कारबाही हो ।” अक्टोबरमा विरोध प्रदर्शन बढेपछि दुई प्रहरी अधिकारीसहित कम्तीमा १६ जनाको मृत्यु भएको र पाँच हजार पाँच सयभन्दा धेरै घाइते भएको एचआरडब्लुले बताएको छ ।
एचआरडब्लुको प्रतिवेदनमाथि सरकारका तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन तर अधिकारीहरूले पक्राउ परेकाहरूले विभिन्न हिंसात्मक अपराधका लागि न्यायको सामना गर्नुपर्ने बताएका छन् । कति मानिसलाई पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले केही बताएको छैन । अक्टोबर २९ देखि भएको देशव्यापी हडताल र यातायात नाकाबन्दीका क्रममा विपक्षीहरूले अधिकांश बससहित करिब दुई सय ९० सवारी जलाएको प्रहरीले आरोप लगाएको छ । हिंसामा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।
धेरै प्रत्यक्षदर्शीसँगको अन्तरवार्ताका साथै भिडियो र प्रहरी रिपोर्टको विश्लेषणका आधारमा एचआरडब्लुले आफ्नो प्रतिवेदन तयार गरेको बताएको छ । “अत्यधिक बल प्रयोग, ठूलो मात्रामा मनोमानी ढङ्गले पक्राउ, जबरजस्ती बेपत्ता, यातना र गैरन्यायिक हत्याका लागि सुरक्षा बल जिम्मेदार रहेको प्रमाण प्राप्त भएको छ”, प्रतिवेदनमा भनिएको छ ।
बङ्गलादेश विश्वको सबैभन्दा ठूलो तयारी पोशाक निर्यातकर्ता मुलुक मध्येको एक हो । उसको ५५ अर्ब अमेरिकी डलरको कूल निर्यातमा तयारी पोशाकको करिब ८५ प्रतिशत योगदान रहेको छ । धेरै वैश्विक ब्रान्डहरूले बङ्गलादेशका कारखानाहरूबाट तयारी पोशाक खरिद गर्दछन् ।
“कारबाहीले आर्थिक सहयोग जोखिममा पर्छ भनेर कूटनीतिक साझेदारहरूले स्पष्ट पार्नुपर्छ”, एचआरडब्लुले भनेको छ । एचआरडब्लुको वरिष्ठ एसिया शोधकर्ता जुलिया ब्लेकनरले यस्तो अवस्थामा विश्वसनीय निर्वाचन हुन नसक्ने बताए। “सरकारले स्वतन्त्र अभिव्यक्तिलाई दबाउने, स्वेच्छाचारी ढङ्गले पक्राउ गर्ने, जबरजस्ती बेपत्ता बनाउने, उत्पीडन र धम्कीको माध्यमबाट विपक्षी, आलोचकहरू र कार्यकर्ताहरूलाई व्यवस्थितरूपमा अक्षम बनाउँछ भने स्वतन्त्र निर्वाचन असम्भव छ”, उनले भने ।
अक्टोबरदेखि अहिलेसम्म कम्तीमा १६ हजार छ सय २५ सदस्यलाई पक्राउ गरिएको बिएनपीले आइतबार बताएको छ । तीमध्ये अधिकांश नेतृत्वलाई पक्राउ गरिएको छ । विशेषरूपमा बिएनपीका प्रमुख मिर्जा फखरुल इस्लाम आलमगिरलाई पक्राउ गरिएको छ । “बङ्गलादेशले मुलुकको इतिहासमा विपक्षीमाथि यति ठूलो कारवाही देखेको छैन”, बिएनपीका प्रवक्ता ए के एम वहिदुज्जमानले एएफपीलाई भने, “पूरै देशमा त्रास फैलिएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी
असोज ६, २०८१ आइतबार
अमेरिकामा सामूहिक गोलीबारीमा ४ जनाको मृत्यु
असोज ६, २०८१ आइतबार
इजरायली सेनाद्वारा वेस्ट बैंकमा अल जजिरा टिभीलाई ४५ दिनका लागि बन्द गर्न आदेश
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
मह उत्पादक किसानको समस्याबारे अध्ययन गर्न समिति गठन
असोज ६, २०८१ आइतबार
श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी
असोज ६, २०८१ आइतबार
प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी
असोज ६, २०८१ आइतबार
अमेरिकामा सामूहिक गोलीबारीमा ४ जनाको मृत्यु
असोज ६, २०८१ आइतबार