इतिहासको चक्का अग्रगमनतिर बढ्छ, पछाडि फर्किन्न: प्रधानमन्त्री
नेपालबहस संवाददाता
मंसिर ११, २०८० सोमबार १५:४०:५५
११ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध भ्रम फैलाएर मुलुकमा अराजकता सिर्जना गर्न खोजिएको बताएका छन् । उनले इतिहास पछाडि नफर्किने कुरा स्पष्ट रहेको बताएका छन् ।
छैठौँ सामाजिक सुरक्षा दिवस समारोहलाई सोमबार उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख राज्य व्यवस्थाविरुद्ध भ्रम फैलाउने र अराजकता फैलाउने प्रयास भएको बताए । इतिहासको चक्कालाई पछाडि धकेल्ने कोसिस देखिएका छन् । तथ्य के हो भने इतिहास अग्रगमनतिरै अगाडि बढ्छ, पछाडि फर्किँदैन, उनले भने ।
मुलुकलाई गणतान्त्रिक व्यवस्थामा ल्याउन भूमिका खेलेका राजनीतिक दल र नेताहरू मिलेर अगाडि बढ्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, ’यो परिवर्तनका वाहक दल, नेता, संघसंस्था, बुद्धिजीवी, नागरिक समाज, निजी र सार्वजनिक क्षेत्रका व्यक्तित्व रहेसम्म इतिहास पछाडि फर्किन्न, अगाडि नै बढ्छ ।’
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका समस्या समाधान गर्नका लागि सरकारले पहल लिइराखेको पनि बताए । उनले अर्थतन्त्रमा देखिएका तमाम समस्या हल गर्न राजनीतिक दल, अर्थविद्, निजी क्षेत्रका प्रतिनिधिलाई एकै ठाउँमा राखेर छलफल गरिएको बताए ।
उनले भने, ’लघुवित्त, सहकारी, बैंक ब्याजसँग सम्बन्धित अन्य तमाम समस्याहरू सहजीकरण गर्दै अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु । हिजो मात्रै सुकुम्बासी, स्वबासी र अव्यवस्स्थित बसोबासको समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाउन सर्कुलर गरेको छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार