विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास गौशालाबाट पक्राउ
नेपालबहस संवाददाता
मंसिर ११, २०८० सोमबार १६:१३:१२
११ मंसिर, काठमाडौं । धर्मगुरु आचार्य श्री निवासलाई प्रहरीले पक्राउ गरेको छ । दुर्गा प्रसाईंको आव्हानमा नागरिक बचाऊ अभियान अन्तर्गत गौशालामा भएको आन्दोलनमा त्रिशूलसहित सहभागी भएपछि धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका हुन् ।
दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको थियो । विभिन्न धार्मिक संगठनका व्यक्तिहरू समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका थिए । प्रदर्शनस्थलमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि पुगेका थिए । उनले उत्तेजक अभिव्यक्ति दिएर सडक अवरुद्ध पार्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, स्थितिलाई बिग्रिन नदिन उनलाई पक्राउ गरिएको हो । प्रसाईंले ७ मंसिरदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा व्यवस्था विरोधी प्रदर्शन गरिरहेका छन् ।
उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गेरुवस्त्रमा त्रिशूलसहित आएर सडकमै उग्र अभिव्यक्ति दिन थालेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको हो । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि उपस्थित भएका छन् ।
प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका छन् । गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अवरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले उनलाई पक्राउ गरिएको जानकारी दिए । भिडलाई उग्र बनाएपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । त्यस क्रममा उनले धार्मिक अतिवादी समूहहरूलाई समेत बोलाएका थिए । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले पटक पटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन् ।
उनले १२ असोजमा जनकपुरमा आयोजित धार्मिक सभामा ‘खुकुरी’ देखाउँदै उत्तेजक भाषण गरेका थिए । त्यसबेला पनि उनी पक्राउ परेका थिए । श्रीनिवासले २५ चैत २०७४ मा धार्मिक हिंसा भड्काउने उद्देश्यसहित आफैंलाई गोली हान्न लगाएका समेत थिए ।
नि श्रीनिवास धार्मिक हिंसा भड्काउन कतिसम्म गर्छन् भन्ने २५ चैत २०७४ को घटनाले देखाउँछ । त्यो बेला उनले आफैंलाई गोली हान्न लगाएका थिए । जिल्ला प्रहरी कार्यालय, मोरङमा आफूलाई युवा सन्त बताउने श्रीनिवास आचार्य बिहान २ बजे शौचालय निस्किएका थिए । त्यही क्रममा उनले आफैंलाई गोली हान्न लगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
एकैदिन ३३ फरार प्रतिवादी पक्राउ, लाखौं मुख्य बराबरको अवैध भारतीय सामान बरामद
पुष १७, २०८१ बुधबार
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार