मंसिर १६ देखि कांग्रेस लुम्बिनी सम्मेलन
नेपालबहस संवाददाता
मंसिर ११, २०८० सोमबार १७:५:१३
११ मंसिर, बुटवल । नेपाली कांग्रेसले यही मंसिर १६ र १७ गते लुम्बिनीमा प्रदेशस्तरीय सम्मेलन आयाजना गर्ने भएको छ । कांग्रेसको बुटवलमा हुने प्रथम प्रदेश सम्मेलनमा ७ सय ५० जना प्रतिनिधि सहभागी हुने भएका छन् । प्रदेश महाधिवेशन प्रतिनिधिबाट सबै, प्रदेशसभा क्षेत्रबाट ९ जनाका दरले ४ सय ६८ प्रतिनिधि सहभागी हुनेछन् ।
सम्मेलनमा प्रदेश सदस्य १ सय ३ जना, सल्लाहकार १ सय २१ जना, संघीय र क्षेत्रका सभापति २२ जना, जिल्ला सभापति १२ जना, केन्द्रीय सदस्य २१ जना पनि सम्मेलनमा प्रतिनिधिका रूपमा सहभागी हुने प्रदेश सभापति अमरसिंह पुनले बताए ।
कांग्रेसले यही मंसिर १६ र १७ गते बुटवलमा सम्मेलन गर्दैछ । सम्मेलनको तयारीका बारेमा सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो
सम्मेलनको उद्घाटन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् । सम्मेलनमा नेता शेखर कोइराला, उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेता पनि आउने उनले बताए । कांग्रेसले देश संघीयतामा गएपछि पहिलो पटक प्रदेश सम्मेलन गर्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार