उपरथी सिग्देलको बढुवा सिफारिस विरुद्ध रक्षामा उजुरी, मन्त्रीको चासो
नेपालबहस संवाददाता
मंसिर ११, २०८० सोमबार २१:२६:५७
११ मंसिर, काठमाडौं । नेपाली सेनाले भावी प्रधानसेनापतिको रुपमा बढुवाका लागि सिफारिस गरेका उपरथी अशोक सिग्देल पनि विवादरहित देखिएका छैनन् । यसअघि भावी प्रधानसेनापतिको रुपमा हेरिएका ताराध्वज पाण्डेको दोहोरो नागरिकता प्रकरणमा राजीनामा दिएर बाहिरिएपछि उनको स्थानमा बढुवा सिफारिस भएका सिग्देलमाथि सोही प्रकरणमा अनुसन्धान हुनुपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र रक्षा मन्त्रालयमा उजुरी परेपछि विवादमुक्त नदेखिएका हुन् । रक्षा मन्त्रालयमा उजुरी परेपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि चासो राखेको स्रोतले जनाएको छ । पाण्डेलाई जस्तै उनका विरुद्ध पनि आन्तरिक तहबाटै उजुरी गरिएको स्रोतको दावी छ ।
सैनिक नेतृत्व लिन त्यहाँ अधिकृतहरूले शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममिति सच्याएर नेपाली सेनालाई बदनाम गर्ने पात्र र प्रवृत्तिले गर्दा यति बेला सैनिक मुख्यालयमा समेत यसको चर्चा हुन थालेका छ । केही बदनाम जर्नेलहरूबीच यही विषयलाई लिएर व्यापक चियो चर्चो समेत हुने गरेको बताइएको छ । उनीहरूले भावी नेतृत्वविरुद्ध नै उजुरी गराएर बर्हिगमन गराउने खेलमा समेत लागेको स्रोतको दावी छ ।
भावी प्रधानसेनापतिका रुपमा हेरिएका दुई तारे जर्नेल अशोक सिग्देलविरूद्ध आइतबार रक्षा मन्त्रालयमा उजुरी परेको छ । उनको नक्कली शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममिति पनि ‘ताराध्वज पाण्डेकै शैली’मा छानबिन हुनुपर्ने माग गरिएको छ । नेपाली सेनाको नेतृत्व हत्याउन कै लागि शैक्षिक प्रमाणपत्र र नागरिकता कीर्ते गरेका सिग्देलविरूद्ध मन्त्रालयमा उजुरी परेपछि रक्षामन्त्री पूर्णबहादुर खड्काले चासो राखेको स्रोतको दावी छ । रक्षा मन्त्रालय स्रोतका अनुसार मन्त्री खड्काले नेपाली सेनाभित्र शैक्षिक प्रमाणपत्र र नागरिकताको व्यापक समस्या रहेको बताउँदै दिगो समाधानका लागि उपाय खोजिने बताएका छन् ।
सिग्देलविरूद्ध रक्षा मन्त्रालयमा स–प्रमाण शैक्षिक प्रमाणपत्रमा १९ माघ २०२१ जन्ममिति रहेको र नागरिकतामा १९ माघ २०२३ राखेर जागिर लम्ब्याइ भावी प्रधानसेनापति बन्न खोजेको ब्यहोरा उल्लेख गरिएको छ । ‘सिग्देलको पनि पाण्डेको जस्तै हालत भएमा प्रधानसेनापति प्रभुराम शर्माको कमाण्ड क्षमतामाथि नै प्रश्न उठ्नेछ’, नेपाली सेनाका एक उच्च अधिकारीले भने ‘पाण्डे र सिग्देल दुवैको नागरिकता छानबिन गर्ने उनी शर्मा हुन अहिले पाण्डे विदा भए सिग्देलमाथि पनि उजुरी पर्दैछन ।’
पाण्डे दिएको राजीनामा गत बिहीबारको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेसँगै सैनिक मुख्यालयले शुक्रबार उपरथी सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको थियो । सैनिक मुख्यालयबाट बढुवाका लागि सिग्देलको नाम सिफारिस भएपनि यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्नुपर्ने रक्षामन्त्री खड्काले बताएको स्रोतको दावी छ । ताराध्वजको राजीनामासँगै भावी प्रधानसेनापतिका लागि जर्नेलहरूबीच दौडादौड जारी छ । रोलक्रम अनुसार अघि बढ्दा प्रभुरामको अवकाशपछि अशोक सिग्देल चिफ हुने स्थिति छ ।
उनले बलाध्यक्षको जिम्मेवारी पाउनेछन् । यस अन्तर्गत कल्याणकारी, प्रबन्ध, प्राड अर्थात् लिगल र इञ्जिनियरिङ विभाग पर्छन् । हालका सेकेण्डम्यान सीताराम खड्का पुस ३ गते घर गएपछि हाल युएनमा फोर्स कमाण्डर रहेका निर्मल थापा बलाध्यक्षमा पदस्थापन हुन्छन् । बलाधिकृतले अप्रेसन, जासुसी र तालिमलगायत काम हेर्छ । २०८१ भदौमा निर्मल सेकेण्डम्यान बनेपछि बाबुराम श्रेष्ठ तीन तारे जर्नेल हुने अवस्था छ ।
भर्खर बढुवा भएका सन्तोष ढकालको त्यसअघि नै कार्यकाल सकिने भएकाले उनी अनिवार्य अवकाशमा जानुपर्ने हुन्छ । यति बेला सन्तोषलाई चिफ बनाउन सेनामा अर्को एउटा समूह लागिपरेको स्रोतको दावी छ । ‘दोहोरो नागरिकता र शैक्षिक प्रमाणपत्रको छानबिन सन्तोष ढकाल वा २६ वेसिकमा पुगेर रोकिन्छ’, सेनाका उच्च अधिकारीले भने । उनका अनुसार पाण्डे र सिग्देल विरुद्ध परेको उजुरीको मुख्य उद्देश्य पनि यही रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
प्रहरीको ३० वर्षे सेवा अवधि ३ चरणमा हटाउने प्रस्ताव
भदौ ३०, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार