उपरथी थापाको शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप
नेपालबहस संवाददाता
मंसिर १२, २०८० मंगलबार १०:२४:४९
१२ मंसिर, काठमाडौं । बढुवाको सम्मुखमा नेपाली सेनाका उच्च अधिकारीहरूमाथि नक्कली शैक्षिक प्रमाणपत्र र दोहोरो नागरिकता भएको उजुरी पर्न थालेको छ । उपरथी निर्मल कुमार थापाको शैक्षिक योग्यताको प्रमाणपत्र नै नक्कली भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ ।
रथीमा बढुवाको क्रममा रहेका र हाल फोर्स कमाण्डरको रुपमा सिरियामा कार्यरत उपरथी निर्मल कुमार थापाविरुद्ध मंसिर ११ गते शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । यसअघि रथीमा बढुवाका लागि सिफारिस भएका उपरथी ताराध्वज पाण्डेको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिन बाध्य भएका थिए । साथै अर्का उपरथी अशोक सिग्देल विरुद्ध अख्तियार र रक्षा मन्त्रालयमा बेग्ला बेग्लै उजुरी परेको छ ।
थापाविरुद्ध अख्तियारमा पूर्व सैनिक अधिकृतहरूले प्रवीणता प्रमाण पत्र तह (आईए) को शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै छानबिनका लागि अख्तियारमा निवेदन दिइएको छ । उनले भारतको गोरखपुर हाइस्कुलबाट ल्याइएको नक्कली प्रमाणपत्र ल्याएर २०४३ सालमा नेपाली सेनामा भर्ना भइ हाल उपरथी भई सिरियामा कार्यरत रहेको सो उजुरीमा उल्लेख छ ।
भावी प्रधानसेनापतिकै रुपमा बढुवा सिफारिस भएका र वरियताको शीर्षस्थानमा रहेका उपरथी पाण्डेको राजीनामा स्वीकृति भएसँगै दोस्रो वरियतामा रहेका उपरथी अशोककुमार सिग्देल रथीका लागि बढुवा सिफारिस भइसकेका छन् । उनीविरुद्ध एक साताभित्र उजुरी दिन सकिने सैनिक मुख्यालयले जनाएको बेला उपरथी थापाको शैक्षिक प्रमाणपत्र छानबिन गर्न माग गरिएको हो । सैनिक मुख्यालयले सीताराम खड्काको संयोजकत्वमा सिग्देलको दोहोरो नागरिकता र जन्ममिति बारे छानबिन गरिरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
एनआरटी क्लब झापा कपको सेमिफाइनलमा
पुष ४, २०८१ बिहिबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार