बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान
नेपालबहस संवाददाता
मंसिर १२, २०८० मंगलबार ११:४४:३७
१२ मंसिर, बाँके । बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो ।
बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतीय नागरिक चौहान बाँकेमा रहेको ससुरालीमा विगत १० वर्षदेखि बस्दै आएका थिए । चौहानले डुडुवा गाउँपालिका–१ टेपरीस्थित रामकुमार बाहुनको खेतमा गत कात्तिक १४ गते साग टिपिरहेकी १४ वर्षीया रीता हरिजन भन्ने शिलाबति चमारको मुख थुनेर हत्या गरेको प्रहरी प्रवक्ता डाँगीले बताए ।
उनका अनुसार अभियुक्त चौहानले प्रहरी समक्ष आफूले शिलाबति चमारलाई खेतमा साग टिपिरहेको अवस्थामा मुख थुनेर हत्या गरेको स्वीकार गरेका छन् । शव परीक्षण प्रतिवेदनमा पनि उक्त कुरा खुल्न आएको प्रहरीले जनाएको छ ।
चौहानले चमारको हत्या पश्चात नजिकै ट्याक्टरले खेत जोतिरहेको ठाउँमा लगी सोही ट्याक्टरको फालिले हिर्काइ खेतमा एउटा खुट्टा बाहिर देखिने गरी पुर्ने प्रयास गरेका थिए । अभियुक्त चौहानले घट्नालाई तोडमोड गर्नका लागि खेत जोत्दा शव फेला परेको भन्ने भ्रम फैलाएका थिए । अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलबाट करिब एक दशमलव पाँच किलोमिटर टाढाबाट भाग्दै गरेको अवस्थामा अभियुक्त चौहानलाई पक्राउ गरेका थिए ।
पीडकविरुद्ध गत कात्तिक १६ गते म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरीले नाबालिकाको मृत्यु शङ्काास्पद देखिएकाले अनुसन्धान गर्न बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहरा एसओसिओ अफिसर र तालिम प्राप्त कुकुरसहितको टोली लिएर घट्नास्थलमा पुगेका थिए ।
अभियुक्तविरुद्ध पीडित परिवारले जाहेरी नदिएकै कारण प्रहरी आफैले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी प्रमुख बोहोराले जानकारी दिए । बाँके प्रहरीका अनुसार शिलाबति चमारको शव माटोमुनी गाडिएको अवस्थामा भेटिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
क्यानडा पठाइदिन्छु भनी १८ लाख ठगी गर्ने व्यक्ति पक्राउ
असोज ६, २०८१ आइतबार
विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
मह उत्पादक किसानको समस्याबारे अध्ययन गर्न समिति गठन
असोज ६, २०८१ आइतबार
श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी
असोज ६, २०८१ आइतबार
प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी
असोज ६, २०८१ आइतबार
अमेरिकामा सामूहिक गोलीबारीमा ४ जनाको मृत्यु
असोज ६, २०८१ आइतबार