बाद, बिवाद, प्रतिवाद आउँछ त्यसपछि संवाद आउँछ : उर्जामन्त्री वर्षमान पुन
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख ४, २०७६ बिहिबार ५:३४:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/images_cms-image-000049319_1AVp58Lyhv.jpg)
काठमाडौं । उर्जामन्त्री वर्षमान पुनले विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गरेका छन् । वार्तामा आउनुको विकल्प नभएकाले सहभागी भएर अगाडि बढ्न आग्रह गरे । ‘बाद, बिवाद, प्रतिवाद आउँछ, त्यसपछि संवाद आउँछ,’ उनले भने, ‘वार्तामा आउनुस, सँगै सहभागी भएर अघि बढौं ।’
उनले पहिले राजाले जस्तो एउटै वंशले राज्य सञ्चालन गर्ने समय नभएको बताए । उनले जनताले छानेकाहरुले नै राज्य सञ्चालन गर्ने भएकाले सहमतीमा आउन आग्रह गरेका हुन् । जलजला घोषणा कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएका पुनले कार्यक्रममा यस्तो बताएका हुन् ।
देशभरीबाट छानिएका १०० गन्तव्यमा रोल्पाको जलजला पनि समावेश छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित जलजला क्षेत्रमा चैत्र–वैशाखमा लागिगुँरास, असोज–कात्तिकमा अन्य विभिन्न प्रजातिका फूलहरु फुल्ने गर्छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न घोषणा कार्यक्रम गरिएको हो ।
घोषणा कार्यक्रममा सभामुख ओमसरी घर्ती, प्रदेश सांसद दीपेन्द्र पुनलगायतका अतिथी सहभागी थिए । जिल्ला समन्वय समिति रोल्पाको आयोजना र थलाङ गाउँपालिकाको सहआयोजनामा घोषणा कार्यक्रम गरिएको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार