भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि पहल गरिदिन देउवालाई व्यवसायीको ज्ञापनपत्र
नेपालबहस संवाददाता
मंसिर १२, २०८० मंगलबार १५:४०:०
१२ मंसिर, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भैरहवाका व्यवसायीले गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सहयोग गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । उनीसमक्ष विमानस्थल नियमित सञ्चालनका लागि सरकारी पक्षले काम नगरेको गुनासो गरेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघका प्रतिनिधिले मंगलबार देउवालाई ज्ञापनपत्र बुझाउँदै विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन तथा आर्थिक अवस्था समेत नराम्रोसँग प्रभावित भएको गुनासो गरे । २०७८ कात्तिकमा उद्घाटन गरिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमले मलेसियामा उडान गर्ने बाहेक अरू अन्तर्राष्ट्रिय उडान छैन ।
विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका उद्योगी, व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अघि र पछि गरी भैरहवा क्षेत्रमा होटल तथा पर्यटन व्यवसायमा ८० अर्ब रूपैयाँ निजी क्षेत्रको लगानी भएको संघको भनाइ छ ।
अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा पर्यटन क्षेत्रमा गरेको लगानी असुरक्षित भएको भन्दै संघले भनेको छ, ‘अहिले बैंकले विभिन्न बहानामा धरपकड गरिरहेको छ । यस्तो अवस्थामा सहयोग हुनुपर्छ तर धरपकडले मानसिक चिन्ता बढ्दो छ । सो लगानी सुरक्षित गराउने वातावरणका लागि समन्वय गरिदिनु हुन हुन माग गर्दछौं ।’
संघले देउवालाई बुझाएको ७ बुँदे मागसहितको ज्ञापनपत्रमा भैरहवामा अन्य स्वदेशी तथा विदेशी एयरलाइन्स आकर्षित गर्न नेपाल वायु सेवा निगमको जहाज निरन्तर उडान हुनुपर्ने, वायुसेवा निगमबाट तत्काल भैरहवा–दिल्ली, भैरहवा–कतार उडान सुरु गर्नुपर्ने, बुद्ध धर्मावलम्बीको बसोबास भएको मुलुकबाट नियमित अथवा चार्टर्ड उडानका लागि समन्वय गर्नुपर्ने लगायतका माग छन् ।
सभापति देउवाले व्यवसायीका माग जायज रहेको भन्दै प्रधानमन्त्री प्रचण्डसँग आफूले कुरा राख्ने बताएका छन् । उनी अहिलेसम्म नियमित रुपमा अन्तर्राष्ट्रिय उडान किन हुन सकिरहेको छैन भनेर आफूले प्रधानमन्त्री र विभागीय मन्त्रालयलाई सोध्ने आश्वासन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार