आर्मीसँग कोशी पराजित
नेपालबहस संवाददाता
मंसिर १२, २०८० मंगलबार १६:४६:१
१२ मंसिर, काठमाडौं । कोशी प्रदेशलाई ३९ रनले पराजित गर्र्दै त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनायो ।
आर्मीले दिएको १८७ रनको लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रन बनाउँदै अलआउट भएको हो । कोशीका लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । समिर कार्कीले ३४, सुजन थपलियाले २१ र विकेटकिपर ब्याटर मिनाश थापाले १६ रन बनाए ।
आर्मीका लागि सोमपाल कामी र विवेक यादव समान २÷२ विकेट लिए । जितेन्द्र मुखिया, वसिर अहमद, साहब आलम र रोहित पौडेलले समान १÷१ विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको आर्मीका लागि भीम सार्कीले सर्वाधिक ५६ रन बनाए । भीमले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । ओपनर सन्तोष कार्कीले अर्धशतक बनाउँदै रिटायर हर्ट भए । रोहित पौडेलले २३ र कप्तान विनोद भण्डारीले १७ रन बनाए ।
कोशी प्रदेशका लागि श्रावण यादवले सर्वाधिक ३ विकेट लिए । बायाँ हाते तिव्र गतिका बलर कमल खत्रीले २ विकेट लिए । प्रकाश कार्की र सोनु मण्डलले १÷१ विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
क्रिकेट खेलाडीलाई जनही १÷१ लाखले सम्मान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार