प्रबलीकरण गरिएको प्रधानमन्त्री कार्यालय हेर्न गएका थिए एमाले अध्यक्ष ओली सिंहदरबार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १२, २०८० मंगलबार १७:८:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/pmo-office-new3_QeUH2DskIU_c07hawUGks.jpg)
१२ मंसिर, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै प्रबलीकरण सकिएर सञ्चालनमा आएको सिंहदरबारको पश्चिमतर्फको भवन अवलोकन गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मुख्यसचिव बैकुण्ठ अर्यालले उनलाई घुमाएका थिए ।
२०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो । मुख्यसचिव अर्यालले सिंहदवार प्रधानमन्त्री कार्यालयभित्रको आर्ट ग्यालरी अवलोकन गराएका थिए ।
आफ्नो पालामा नयाँ डिजाइनसहित पुनःनिर्माण गरे पनि बस्न नपाएको कार्यालय उनले प्रचण्डसँगै अवलोकन गरेका हुन् । मध्यपहाडी यात्रामा निस्कनुअघि प्रधानमन्त्रीसँग भेट गर्न सिंहदबार पुगेका ओलीलाई प्रचण्डले नयाँ कार्यकक्ष र कार्यालय भवनको अवलोकन गराए ।
ओलीको पालामा निर्मित अत्याधुनिक कार्यालयको उद्घाटन भने प्रचण्डले गरेका थिए । अहिले प्रधानमन्त्री कार्यालय त्यहिँबाट सञ्चालन भइरहेको छ । ओलीलाई मुख्य सचिव बैकुण्ठ अर्यालले ब्रिफिङ गरेका थिए । ओलीले बाहिरी र भित्री कक्षहरूको ‘थ्रिडी एनिमेसन’ सहितको उक्त भवन अवलोकन गरे ।
युरोपेली शैलीमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आवश्यक सामग्री बेलायतबाट झिकाएर आफ्नो निजी निवासका रूपमा सिंहदरबार बनाएका थिए । भूकम्पपछि यो भवन भत्काउने या मर्मत गर्ने विषयमा विवाद भएकाले पुनर्निर्माण कार्य रोकिएको थियो । तर, पुरातात्विक महत्व कायम हुनेगरी सिंहदरबारको प्रबलीकरण गर्नुपर्ने भनिएको थियो ।
विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको मुख्य भवनको प्रबलीकरण सकिएको छ । प्रबलीकरण गरिएको सिंहदरबार अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्ने क्षमताको रहेको सहरी विकास मन्त्रालयले जनाएको छ । प्रबलीकरण सकिएसँगै प्रधानमन्त्रीको कार्यालय पश्चिमी मोहडामा सारिएको छ ।
भूकम्पपछि प्रधानमन्त्रीको कार्यालय तत्कालीन गृह मन्त्रालय रहेको भवनमा सारिएको थियो । त्यहाँबाट यसअघि प्रधानमन्त्री कार्यालय मुख्य प्रशासनिक भवनको पूर्वी मोहडा (उत्तरी, पूर्वी र दक्षिणी भाग) स्थानान्तरण भएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बुधबार पूर्वी मोहडाबाट पश्चिमी मोहडामा स्थानान्तरण भएको हो । आयोजना प्रमुख कोषनाथ अधिकारीका अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पश्चिमी मोहडा पहिलो तलाको पश्चिम–दक्षिण कुनामा स्थानान्तरण भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रियसभा बैठक सुरु
फागुन ६, २०८१ मंगलबार
सोविता गौतम र सुमना श्रेष्ठलाई बोल्न नदिएकोबारे सभामुखको प्रष्टीकरणः स्टन्टबाजी भयो
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ
फागुन ६, २०८१ मंगलबार
त्रिविको वार्षिक क्यालेन्डर कार्यान्वयन गरिने, आवश्यक परे जनशक्ति थप्ने सहमति
फागुन ६, २०८१ मंगलबार
नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि २० प्रतिशत शेयर जारी गर्ने
फागुन ६, २०८१ मंगलबार
फागुन १० गतेदेखि आयोजना हुने स्वयम्भू महोत्सवको तयारी अन्तिम चरणमा
फागुन ६, २०८१ मंगलबार
बाह्रबिसे बजारका अग्निपीडितलाई आर्थिक सहयोग
फागुन ६, २०८१ मंगलबार
राष्ट्रियसभा बैठक सुरु
फागुन ६, २०८१ मंगलबार