प्रहरी समायोजन यथाशीघ्र गरिने प्रदेशका गृहमन्त्रीहरुलाई प्रधानमन्त्री र गृहमन्त्रीको आश्वासन
नेपालबहस संवाददाता
मंसिर १२, २०८० मंगलबार २१:३९:२२
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेशका गृहमन्त्रीहरुलाई प्रदेश प्रहरी समायोजनको काम चाँडै सम्पन्न हुने आश्वासन दिएका छन् । प्रहरी समायोजनको प्रक्रिया यथाशीघ्र अगाडि बढाउने प्रधानमन्त्रीले आश्वासन दिएको सुदूरपश्चिम प्रदेशका गृहमन्त्री शिवराज भट्टले जानकारी दिए ।
प्रदेशका गृहमन्त्रीहरुले आज प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्र्ष्ठसँग भेटेर प्रहरी समायोजनका लागि पहल गर्न आग्रह गरेका थिए । भट्टले प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको बताए । प्रहरी समायोजन छैन, निजामती सेवा ऐन छैन । यी सबै समस्या चाँडा समाधान गर्न आफूहरुले आग्रह गरेको उनले बताए ।
प्रहरी समायोजनका लागि चाहिने दुई वटा संघीय कानुन भने बनिसकेको छ । प्रहरी समायोजन ऐन २८ माघ २०७६ मै राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो भने नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन २०७७ साल भदौ १२ गते प्रमाणीकरण भएको थियो । दुई कानुनका आधारमा छिटोभन्दा छिटो प्रहरी समायोजन हुनुपर्ने प्रदेशका गृहमन्त्रीहरुको माग छ ।
प्रदेशसभामा भएका सबै दलको समर्थन जुटाएर आएको मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्डलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको थियो । जसमा प्रदेश प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गाको प्रयोग, अर्थसम्बन्धी समस्या लगायतका माग छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भयो : प्रचण्ड
कात्तिक २८, २०८१ बुधबार
राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
कात्तिक २८, २०८१ बुधबार
कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीलाई सघाउने
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
पुटिनद्वारा उत्तर कोरियासँगको रक्षा सम्झौतालाई अन्तिम रूप प्रदान
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
नेपालको शानदार बलिङ, ८३ रनमा रोकियो युएई
कात्तिक २८, २०८१ बुधबार
माओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भयो : प्रचण्ड
कात्तिक २८, २०८१ बुधबार
यसरी बन्यो ‘रैँया चाँदीको...’
कात्तिक २८, २०८१ बुधबार
नयाँ धान प्रयोगमा ल्याइन ‘न्वागी’ पूजा गरिँदै
कात्तिक २८, २०८१ बुधबार
भिरबाट लडेर घाईते भएका एक जनाको काभ्रेबाट उद्धार
कात्तिक २८, २०८१ बुधबार