नागरिकतामाथिको लैङ्गिक विभेद हटाउन संविधान संशोधन आवश्यक
नेपालबहस संवाददाता
मंसिर १३, २०८० बुधबार १२:१३:२४
१३ मंसिर, काठमाडौं । सरोकारवालाहरुले नागरिकतामा देखिएको लैङ्गिक विभेद हटाउन संविधान संशोधन गर्नुपर्ने माग उठाएका छन् । महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा महिला कानुन विकास मञ्चले राजधानीमा आयोजना गरेको कार्यक्रममा नागरिकता ऐन संशोधनबाट लैङ्गिक विभेद कायमै रहेको बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसकी सचेतक सुशिला थिंङले लामो समय लगाएर नागरिकता एनेलाई संशोधन गर्दा पनि अहिले भएको व्यवस्थाले विदेशी पुरुषसँग विवाह गर्ने महिला र बाबुको पहिचान देखाउनुपर्ने परिपाटीले समस्या देखाएको बताइन । उनले नागरिकता संशोधनपछि पनि जिल्लाबाट सीडीओहरुले बाबुको पहिचान खुलाउनुपर्ने विषय समस्याका रुपमा देखापरेको भन्दै गुनासो गर्ने गरेको बताइन् ।
नेतृ थिंङले संविधानमा भएको व्यवस्था पनि बाझिएकाले यसको समाधानका लागि संसदमा बहस चलाउने बताइन् । उनले सुरुमा बाबुको पहिचान हुने तर, विचमा हराउने सन्दर्भमा त्यस्ता आमाले छोराछोरीलाई नागरिकता दिलाउन नसक्ने अवस्था रहेको बताइन् । उनले संसदमा सवै दलका महिला सांसदहरुले एक भएर यसको समाधान खोज्ने बताइन ।
नेकपा एमालेकी सांसद विद्या भट्टराईले नागरिकतामा लैङ्गिक विभेद अझै कायम रहेको बताइन । उनले विदेशी पुरुषसँग विवाह गरेका महिला, बाबुको पहिचानसहित केही विषय अमिल्दा देखिएको बताइन् । भट्टराईले नागरिकतामा देखिएको लैंगिक विभेद हटाउन संसदमा साझा संकल्प प्रस्ताव लाने बताइन् । नागरिकता एने संशोधन भएको छोटा समयमा नै संविधान संशोधन गर्ने भन्ने विषय अलिक अमिल्दो भएकाले संस्दमा संकल्प प्रस्ताव लगेर यो समस्याको समाधान खोज्दा सहज हुने बताइन् ।
लैङ्गिक विभेदविरुद्ध अभियानकी अभियान्ता तुलसीलता अमात्यले विदेशसँग विवाह गरेर गएका महिलाले नेपालमै बस्छु भने उनका सन्तालले पनि नेपाली नागरिकता पाउनुपर्ने बताइन् । उनले आफूले ४० वर्ष देखि लड्दा पनि अहलिेसम्म यो अधिकार नपाएको गुनासो गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार