सरकारले चार महिनामा घरजग्गा कारोबारबाट उठायो १२ अर्ब २० करोड राजश्व
नेपालबहस संवाददाता
मंसिर १३, २०८० बुधबार १३:१९:२८
१३ मंसिर, काठमाडौं । सरकारले गएको चार महिनामा घरजग्गाको कारोबारबाट १२ अर्ब २० करोड ६१ लाख ६४ हजार राजस्व प्राप्त गरेको छ । सरकारले साउनमा २ अर्ब ९१ करोड ४ लाख २७ हजार, भदौमा ३ अर्ब ४ करोड ५९ लाख ४७ हजार, असोजमा ४ अर्ब ८ करोड ६६ लाख २९ हजार राजस्व उठाएको छ ।
गत आर्थिक वर्षको यही अवधिमा सकारले घरजग्गाको कारोबारबाट ११ अर्ब ८७ करोड ७१ लाख २२ हजार राजस्व उठाएको थियो । कात्तिकमा मात्रै ३ अर्ब ७६ लाख २६ हजार राजस्व संकलन भएको थियो । देशभर कात्तिक महिनामा घरजग्गा कारोबार भने घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेखालय विभागका अनुसार असोजको तुलनामा कात्तिक महिनामा घरजग्गा कारोबार घटेको हो ।
कात्तिकमा घरजग्गा कारोबारको सेवा कर, रजिस्ट्रेसन दस्तुर र पुँजीगत समेत २ अर्ब १६ करोड ३१ लाख ६१ हजार संकलन भएको छ । जसमध्ये सेवा कर २० करोड १५ लाख ३५ हजार रजिस्ट्रेसन दस्तुर १ अर्ब ३७ करोड ८ लाख ४४ हजार, पुँजीगत लाभकर ७७ करोड ९ लाख १६ हजार लाभकर संकलन भएको विभागले जनाएको छ । कात्तिकमा मात्रै सरकारले २० करोड २२ लाख ९० हजार राजस्व छुट दिएको छ ।
असोजको तुलनामा कात्तिकमा देशभर घरजग्गा कारोबार ३४ प्रतिशतले कमी आएको छ । असोज महिनामा देशभर ३९ हजार ८८१ को संख्यामा घरजग्गा कारोबार भए पनि कात्तिक महिनामा घटेर २६ हजार ४६ संख्यामा घरजग्गा कारोबार भएको छ । गत वर्षको कात्तिकको तुलनामा यस वर्षको कात्तिकमा भने समग्रमा ६ प्रतिशतले मात्र घरजग्गा कारोबारमा कमी आएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार