एनसेलबाट बाहिरिने आजियाटाको घोषणा, सबै शेयर बिक्रीमा
नेपालबहस संवाददाता
मंसिर १३, २०८० बुधबार १३:४७:३५
१३ मंसिर, काठमाडौं । नेपालमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट आजियाटाले बाहिरिने निर्णय गरेको छ । एनसेलमा रहको सबै लगानी फिर्ता लान बिक्रीमा राखिएको उसले जनाएको छ । एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको कुरा बुधबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।
कम्पनीका अनुसार आजियाटाले बिक्री गर्ने शेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तयारी गरेको बताइएको छ । हाल एनसेलमा आचार्यद्वयको २० प्रतिशत शेयर रहेको छ । एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा जनाएको छ । एनसेलको शेयर ७ वर्ष अगाडि आजियाटाले किनेको थियो । आजियाटालाई स्वीडेनको टेलिया सोनेराले कम्पनीले शेयर बेचेको थियो ।
आजियाटाले नेपालको परिस्थिति चुनौतीपूर्ण बन्दै गएका कारण बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको जनाएको छ । आजियाटा समूहका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालबाट बाहिरिने भएसँगै कम्पनीको ८० प्रतिशत शेयर बिक्रीको प्रक्रिया राखिएको बताएका छन् ।
एनसेलमा मलेसियाको आजियाटा समूह बर्हाडको ८० प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी २० प्रतिशत शेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ । नेपालमा एनसेलको व्यापार घट्दै गएका बेला आजियाटाले यस्तो निर्णय गरेको हो ।
सन् २०२२/२३ मा एनसेलले ३७ अर्ब ४४ करोड २० लाख रूपैयाँको व्यापार गरेको थियो । एनसेलले सन् २०२१/२२ मा ३९ अर्ब ७२ करोड ५० लाख र सन् २०२०÷२१ मा एनसेलले ४० अर्ब ४२ करोड रूपैयाँको व्यापार गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार