कांग्रेसको आगामी महासमिति बैठकमा प्रस्तुत हुने कार्यपत्र बारे महामन्त्रीद्वारा पदाधिकारीलाई जानकारी
नेपालबहस संवाददाता
मंसिर १३, २०८० बुधबार १७:०:११
१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापाले मंसिर २९ देखि पुस २ सम्म काठमाडौंमा हुने महासमितिको बैठकमा प्रस्तुत हुने कार्यपत्र बारे आजको पदाधिकारी बैठकमा जानकारी गराएका छन् । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा आसन्न महासमितिको बैठकको तयारी सम्बन्धको छलफलमा कार्यपत्र बारे जानकारी गराइएको हो ।
बैठकमा महासमिति बैठकको तयारीसँगै जाजरकोट र रुकुम पश्चिम क्षेत्रका भूकम्प प्रभावितलाई चाँडो भन्दा चाँडो अस्थायी आवास निर्माण गर्ने तथा राहत वितरण गर्ने सम्बन्धमा छलफल भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी तथा दीर्घकालीन पुनर्निर्माणका लागि सुरुदेखि नै गम्भीरताका साथ कार्य गर्दै आएको र थप कार्यबारे छलफल भएको बताए ।
महासमिति बैठक, भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र त्यहाँको राहत, उपचार, अस्थायी बसोबास, दीर्घकालीन् पुनर्निर्माणको विषयमा छलफल भएको छ । महासमितिको बैठकलाई कसरी भव्य तरिकाले सम्पन्न गर्ने, जनसरोकार तथा समसामयिक विषय र राष्ट्रिय महत्वका विषयमा सुस्पष्ट ढंगबाट प्रस्तुत एवं छलफल गर्ने गराउने विषयमा बैठकमा छलफल भएको महतले बताए ।
यस लगायत विविध शीर्षकसहितको कार्यपत्र तयारी सम्बन्धमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले कहाँ कसरी अगाडि बढिरहेको छ भनेर छलफल गरेको र कार्यपत्र बारे जानकारी गराएको उनले बताए । महासमिति बैठकको विषयवस्तुबारे केन्द्रीय कार्य सम्पादन समितिको बैठक र केन्द्रीय कार्य समितिको बैठक बसेर अन्तिम रुप दिइने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषद्मा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार