अमेरिकाका चर्चित पूर्वविदेशमन्त्री किसिन्जरको सय वर्षको उमेरमा निधन
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार ११:२१:२५
१४ मंसिर, काठमाडौं । अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ । किसिन्जरको कनेक्टिकटस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको रोयटर्सले जनाएको छ ।
रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री भएका थिए । भियतनाम युद्धविरामका लागि पहल गरेका कारण सन् १९७३ मा उनले नोबेल शान्ति पुरस्कार पाएका थिए ।
उनी अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि थिए । चीनसँग सम्बन्ध विस्तारका लागि उनी पाकिस्तानको रावलपिण्डीबाट चीन गएका थिए ।
उनले चिनियाँ नेता माओ र राष्ट्रपति निक्सनबीच भेटवार्ता गराएका थिए, जसले चीन–अमेरिका द्वन्द्वलाई अन्त्य गराएको थियो । माओ–निक्सन भेटवार्ता विश्व राजनीतिमा निकै चर्चित छ ।
अमेरिका–चीन शक्ति सन्तुलन कायम राख्न अमेरिकाले पहल गर्नुपर्नेमा जोड दिने किसिन्जरले दुई देशबीच स्थायी सम्वाद पनि आवश्यक रहेको पनि बताउँथे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजाबाट ५५ जना बिरामीलाई युएई पुर्याइयो
पुष १७, २०८१ बुधबार
जर्मनी : नयाँ वर्षमा आतशबाजी पड्काउँदा पाँच जनाको मृत्यु
पुष १७, २०८१ बुधबार
वार्षिक निर्यात ६० अर्बमा पुर्याउने पाकिस्तानद्वारा लक्ष्य
पुष १७, २०८१ बुधबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पहिलो दिनको थुनछेक बहस सकियो, प्रतिवादीले यही मर्छु भनेपछि अदालतमा केहीबेर सन्नाटा
पुष १६, २०८१ मंगलबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
भीम रावलले ओलीलाई दिए ३२ पेजको गाली, एक पेजमा राखे पार्टी खोल्ने योजनाः पूर्णपाठ
पुष १७, २०८१ बुधबार
हट एयर बेलुनमा उड्दै कलाकृति
पुष १७, २०८१ बुधबार
पर्सामा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती
पुष १७, २०८१ बुधबार
नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या एक लाख ४२ हजार
पुष १७, २०८१ बुधबार
गाजाबाट ५५ जना बिरामीलाई युएई पुर्याइयो
पुष १७, २०८१ बुधबार
जर्मनी : नयाँ वर्षमा आतशबाजी पड्काउँदा पाँच जनाको मृत्यु
पुष १७, २०८१ बुधबार