'एनिमल'को अग्रिम टिकट २ लाख ५० हजार भन्दा बढी बिक्री, बिहान ७ बजेबाट शो शुरू हुने
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार ११:३७:५२
१४ मंसिर, मुम्बई । रणवीर कपुर अभिनीत एनिमलले आक्रामक बुकिङ पाएको छ । हालसम्म सो फिल्मले २ लाख ५० हजार बढी टिकट अग्रिम बुकिङ पाइसकेको छ ।
जसअनुसार पिभिआर नक्समा १ लाख ९५ हजार तथा सिने पोलिसबाट ५५ हजार टिकट अग्रिम बुकिङ गरेको हो । ‘एनिमल’ रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर बनेको छ ।
‘एनिमल’को माग यति धेरै छ कि केही थिएटरले बिहान साढे ७ बजेदेखि शो सुरु गर्ने निर्णय गरेका छन् । ट्रेड विज्ञहरुले ‘एनिमल’ लाई रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर भएको दाबी गरिरहेका छन् । अहिलेको लागि हेर्न बाँकी नै छ ‘एनिमल’ ले बक्स अफिसमा कति कीर्तिमान बनाउने रु हो त्यो अझै शुक्रबारसम्म हुने बुकिङले देखाएको छ ।
एनिमल’ सन्दीप रेड्डी वांगाको निर्देशनमा बनेको हो । कबीर सिंह र अर्जुन रेड्डी फेम सन्दीप रेड्डी वांगा निर्देशित ‘एनिमल’ मा रणबीर कपूर बाहेक बबी देओल, रश्मिका मन्डन्ना, अनिल कपूर, तृप्ति डिमरी, शक्ति कपूर र सुरेश ओबेरोय लगायत धेरै कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
चलचित्रको संगीत पनि निकै रुचाइएको छ । यो फिल्म डिसेम्बर १ मा हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा हलमा रिलिज हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार