देखादेखी तेलमा कालोबजारी गरिरहेका छन् आयल निगमका कार्यकारी निर्देशक थानी
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार १३:१८:३३
१४ मंसिर, काठमाडौं । तीन वर्षदेखि ऋणमा रहेको नेपाल आयल निगमलाई ऋणमुक्त बनाएर स्यावासी बटुलिरहेका निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले देखादेखी इन्धनमा कालोबजारी गरिरहेको तथ्यलाई भने कसैले भेउ पाउन सकेका छैनन् । निगममा सामान्य कुराले पनि उपभोक्ता मूल्यमा फरक पारिरहेको हुन्छ भन्ने कुराको धेरैले नजरअन्दाज गरेका हुँदैनन् । जानी जानी उपभोक्ता ठग्नु भनेको सिधैं कालोबजारी हो ।
थानी निगममा आएदेखि तेलको मूल्यमा आन्तरिक उताव चढाव गराएर करोडाैं रकम तलमाथि बनाएको विषय अझै पुरानो भएको छैन । तत्कालीन उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको कार्यकालमा पनि थानीले गरेका केही उपद्रोहरू सार्वजनिक भएका हुन् । अहिले निगमलाई ऋणमुक्त गराएको भन्दै थानीले आम रुपमा देखादेखी नै उपभोक्ताहरूलाई ठगी गरिरहेका छन् । यसप्रति मन्त्रालय र स्वयं उपभोक्ता अधिकारकर्मीहरू पनि चुप छन् ।
निगममा हुने कालोबजारी नियन्त्रण र अन्तर्राष्ट्रिय मूल्यमा आउने उतारचढावले उपभोक्तामा प्रभाव पार्न नसकोस् भनेर ठूलो मिहिनेतपछि स्वचालित मूल्य प्रणाली लागु गरिएको थियो । तर, थानीले यस भन्दा अगाडि धेरै पटक निगमको घाटासँग जोडेर कार्यान्वयनमा ल्याएनन् । अधिक विरोध हुँदा यदाकदा भारतले पठाएको मूल्यका आधारमा भन्दै स्वचालित प्रणाली लागु गर्दै आएका थिए । यस प्रणालीलाई नियमित बनाउने काम उनीबाट पटक पटक उल्लंघन भए । तर, उपभोक्ता र अधिकारकर्मीहरूले यसको पत्तो नै पाएनन् ।
अहिले निगम दैनिक रुपमा नाफामा गइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि तेलको मूल्यमा खासै उताव चढाव आएको छैन् । भारतीय आयल निगमले पनि अन्तराष्ट्रिय बजार मुल्य अनुसार तेलको मूल्य समायोजन गरेका इन्धन पठाइरहेको छ । तर, थानीले नेपालमा भने स्वचालित मूल्य प्रणालीलाई नियन्त्रणमा राखेर कालोबजारीलाई प्रोत्साहन दिइरहेका छन् । निगम नाफामा गएर ऋणमुक्त भइसक्दा पनि उनले इन्धनको मूल्य घटाउने वा स्वचालित मूल्य लागु गर्ने कुरामा आनाकानी गरिरहेका छन् ।
थानीले विगतमा अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि यहाँ सोही अनुसार मूल्य समायोजन गराएनन् । यो पनि सिधैं कालोबजारी थियो । निगमले ऋण तिरेको भनेर अहिले उनी यी पुराना आपराधिक कामबाट उन्मुक्ति पाउने प्रयासमा छन् । ऋणमुक्त भएपछि मूल्य घटाउन आनाकानी गर्नु उपभोक्ताप्रति ठूलो अपराध हो । ऋण चुक्ता भइसकेको अवस्थामा मूल्य नघटाए उपभोक्ताप्रति भएको बेइमानी र कालोबजारीलाई विभागीय मन्त्रालयले पनि टुलुटुलु हेरिरहेको छ ।
इन्धनको मूल्य घटाउन अझै उनको आनाकानी छ । स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० अनुसार बिक्री मूल्य निर्धारण गर्दा पेट्रोलको परल मूल्यमा २.५ प्रतिशत र डिजेलको परल मूल्यमा २ प्रतिशत मात्र मुनाफा राख्न पाइन्छ । अहिले इन्धनको परल नै उपभोक्तालाई थाहा छैन । सीमित प्रतिशत मुनाफा राखेर मूल्य समायोजन नगर्नुले थानीको बेइमानीलाई थप प्रस्ट्याएको छ । पछिल्लो समय पूर्ण स्वचालित मूल्यमा ब्रेक लगाएर अझै परल मूल्यमा धेरै मुनाफा राख्न उनले खोजिरहेको छन् ।
तिहार ताका पेट्रोल र डिजेलको मूल्य घटेर आउँदा पनि निगमले मूल्य समायोजन गरेको थिएन । केही समय अघिदेखि नै निगम डिजेलमा ३३ करोड ८० लाख, पेट्रोलमा करिब ७ करोड र हवाई इन्धनमा करिब १४ करोड मुनाफामा छ । तर, ग्यासमा घाटा भएकै कारण क्रस सबसीडीअनुसार मूल्य समायोजन गर्न नसकिने तर्क उनको छ । कालोबजारीलाई मलजल पुग्ने गरी थानीले यतिसम्म बेइमानी गरे कि दशैंदेखि तिहारको पछिसम्म उनले कतिपय पेट्रोप पम्पलाई तेल नै दिएनन् ।
यो अभाव निगममा पेट्रोल र डिजेल नभएर भएको नभइ निगमले पेट्रोल पम्पहरुलाई तेल नदिएर भएको थियो । कर्मचारीको अभाव र चाड लागेको भन्दै निगमले तेल दिन रोकपछि पोखरा, सुनसरी, भैरहवा लगायतका पेट्रोल पम्पहरुले तेल नदिँदा ठूलो हाहाकार मच्चिएको थियो । तर, यसलाई पछि आफैंले सामसुम बनाए । निगमका भण्डारणमा पर्याप्त पेट्रोल र डिजेल हुँदा पनि उनले रोकेका थिए । निगमले तेल नदिएपछि तिहारमा धेरै जसो पेट्रोल पम्पले सूचना टाँसेर वितरण रोकेका थिए ।
यतिमात्र होइन उनले दशैंयता स्वचालित मूल्यमा ब्रेक नै लगाए । दशैंको मुखमा स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य बढाएका थिए । थानीको कर्तुत रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नै अग्रसर हुनुपरेको थियो । पछि थानीले मूल्य स्थगित गर्दै पुरानो मूल्य कायम राखेका थिए । यो प्रकरणमा निगमलाई १५ दिनमै ५४ करोड घाटा लागेको थियो । दशैंमा ब्रेक लागेको स्वचालित मूल्य अहिले पनि कायम नैं छ ।
कात्तिक २९ मा आईओसीले पठाएको मूल्य सूचीअनुसार डिजेलमा प्रति लिटर ७ रूपैयाँ र पेट्रोलमा ८० पैसा मूल्य घटेर आएको छ । तर, खाना पकाउने ग्याँसमा २ सय ८० रूपैयाँ घाटा रहेको भन्दै उनले मूल्य समायोजन गर्न मानिरहेका छैनन् । जबकी गत असार ३१ देखि कार्यान्वयनमा आएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० मार्फत निगमले एलपीजी ग्यासमा नाफा–घाटा नलिने व्यवस्था गरिसकेको छ । अहिले पेट्रोल र डिजेलमा करिब प्रति लिटर ३-३ रूपैयाँ नाफा छ ।
मूल्य घटेर आएपनि दशैंदेखि स्थगित स्वचालित मूल्यबारे छलफल गर्न थानीले सञ्चालक समितिको बैठक पनि बोलाएका छैनन् । उनले वाणिज्य तथा आपूर्ति सचिव देश बाहिर रहेको भन्दै बैठक नबोलाएको निगमका कर्मचारी बताउँछन् । तर, सचिव आएको पनि लामा समय भइसक्यो । डिसेम्बर १ मा पेट्रोल र डिजेलको मूल्य थप घटेर आउँदै छ । यसैलाई कुरेर थानी बसेका छन् । कालोबजारी चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार