रोकिएन डाक्टर कुटिने क्रम, आम्दाबाट फेरी सुरु भयो चिकित्सकको आन्दोलन
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार १६:२०:१७
१४ मंसिर, बुटवल । चिकित्सकमाथि हातपात गर्ने प्रवृत्ति नरोकिएको र असुरक्षा बढेको भन्दै आम्दा अस्पतालको घटनालाई लिएर चिकित्सकहरूले देशव्यापी आन्दोलन गर्ने तयारी गरेका छन् । सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)का मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र बस्यालमाथि आक्रमण गर्नेलाई कारबाही र सुरक्षाको माग गर्दै चिकित्सकहरूले बिहीबार इलाका प्रहरी कार्यालय बुटबलमा धर्ना दिएका छन् ।
सोमबार सुत्केरी हुन भर्ना भएकी गुल्मीको सत्यवती गाउँपालिका–२ ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रासकोटीको मंगलबार बिहान १० मृत्यु भएको थियो । उनले अस्पतालमै शल्यक्रिया मार्फत ५ किलोको बच्चा जन्माएकी थिइन् । बच्चा सकुशल छन् ।
मंगलबार बिहान सुत्केरी महिला बेडबाट जुरुक्क उठ्न खोजेपछि ‘पल्मनरी इम्बोलिजम’का कारण अचानक मृत्यु भएको थियो । सुत्केरीको मृत्यु भएपछि उनका आफन्तले डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बस्यालमाथि मंगलबार राती १२ बजे कुटपिट गरेका थिए । कुटपिटबाट टाउको र पेटमा चोट लागेका मेसु बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ ।
चिकित्सक कुटपिट गर्नेलाई कारबाही र सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघ, नेपाल मेडिकल एशोसिएशन, नेपाल फार्मेसी संघ, नेपाल स्वस्थ्य प्राविधिक संघ (पान), मेलान, निजी अस्पताल व्यवसायी संघ (अफिन), आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन स्वस्थ्य संस्थामा आबद्ध स्वास्थ्यकर्मीहरूले बिहीबार बिहानैदेखि इलाका प्रहरी कार्यालयमा धर्ना दिन थालेका छन् ।
यो आन्दोलन अन्य प्रदेशमा पनि सुरु गर्ने चिकित्सकहरूले बताएका छन् । चिकित्सकहरू धर्नामा गएपछि बिरामीहरूको उपचार सेवा प्रभावित भएको छ । दैनिक झण्डै २ सय बिरामीको उपचार हुने आम्दा अस्पतालमा मंगलबार रातिदेखि नै उपचार सेवा ठप्प छ ।
चिकित्सकलाई हातपात गर्ने माथि कडा कारबाही हुनुपर्ने माग उनीहरूले राखेका छन् । संघका सचिव डा. सन्तोष पोखरेलले चिकित्सक माथि कुटपिट गर्नेलाई सार्वजनिक अपराध अन्तर्गत कारबाहीको माग गरेका छन् । चिकित्सकहरूले त्यही अनुसार जाहेरी दिन लागिएको उनले बताए । प्रहरीले मंगलबार राती र बुधबार गरेर कुटपिटमा संलग्न भएको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई सार्वजनिक अपराध अन्तर्गतको मुद्दा दर्ता गर्न पनि चिकित्सकहरूले माग गर्दै आएका छन् ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले संवेदनशील घटना घटेको भन्दै घटनाबारे कानुन बमोजिम कारबाही अघि बढ्ने बताए । निजी अस्पताल व्यवसायी संघ (अफिन) लुम्बिनी प्रदेश अध्यक्ष रामप्रसाद खरेलले चिकित्सकहरू उपचार गर्दा समेत पिटिनुपर्ने अवस्था आउनु दुःखद भएकोले त्यस्तो अवस्था अन्त्यका लागि आफूहरू आन्दोलन र धर्नामा हिँड्नु परेको बताए ।
नेपाल चिकित्सक संघले पनि चिकित्सकमाथि हातपातका घटनामा कमी नआएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले चिकित्सकलाई सुरक्षा दिन नसकेको संघको भनाइ छ । यसअघि भएको चिकित्सकको आन्दोलन रोक्न सरकारले अस्पतालमा सुरक्षाकर्मी राख्ने व्यवस्था गर्ने र दोषी माथि कडा कानुनी कारवाही गर्ने बताएको थियो । तर, चिकित्सकसँग भएको सहमति सरकारले कार्यान्वयन गरेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार