राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार ८:५९:४५
१५ मंसिर, रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको छ । प्रदर्शनको मुख्य उद्देश्य जिहादी आतंकवाद विरुद्ध सचेतना फैलाउनु रहेको बताइएको छ । प्रदर्शनका क्रममा अभियानका कार्यकर्ताहरूले जिहादी आतंकवादविरुद्ध नारा लगाएका थिए।
कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको प्रमुख वक्ताको रुपमा सहभागिता रहेको थियो । आफ्नो सम्बोधनमा उनले जिहादी आतंकवाद एउटा गम्भीर समस्या हो जसले देशको एकता र अखण्डतालाई खतरामा पारेको बताए ।
उनले सो समस्याविरुद्ध एकजुट भएर लड्नुपर्ने बताए । त्यस्तै, प्रदर्शनमा सहभागी सौरभानाथ महाराजले नेपाल निकट भबिस्य मै संघीय हिन्दु गणतन्त्र बन्ने दावी गरे।
कार्यक्रममा अभियानका मधेश सम्पर्क समितीका संयोजक विनोद सिंह, रौतहटका जिल्ला समितिका संयोजक रामनिवास सिंह, रौतहट जिल्ला समितीका सचिव गुड्डु यादव, महिला संयोजक मिना देवी दास र महिला नेत्री शुशीला देवीलगायतको पनि सहभागिता रहेको थियो । अभियानले जिहादी आतंकवादको विरुद्ध कडा विरोध व्यक्त गर्दैआएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार