बबी देओललाइ एनिमलबाट ५ करोड पारिश्रमिक
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार ११:२:२४
१५ मंसिर, मुम्बइ । रणवीर कपुर अभिनित एनिमल रिलिज भएको छ । जसमा बबी देओल खलनायकको भूमिकामा देखिएका छन् ।
फिल्मको ट्रेलरमा बबी देओलको उग्र शैली देख्न सकिन्छ । चलचित्रले एनिमलको अग्रिम बुकिङमा राम्रो प्रतिक्रिया पाइरहेको छ । यदि सबै कुरा मिल्यो भने बबी देओलको यो फिल्म उनको करियरको उत्कृष्ट ओपनिङ फिल्म बन्न सक्छ । विशेष कुरा के छ भने बबी देओलका भाइ सन्नी देओलले पनि यो वर्ष गदर २ मार्फत आफ्नो करियरको ठूलो हिट दिएका थिए ।
तर एनिमलमा बबी देओल र गदर २ मा सन्नी देओलको शुल्कको कुरा गर्ने हो भने दुवैको शुल्क एकदमै उचित छ । गदर २ कम बजेटको फिल्म थियो तर मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने सनी देओलले यो फिल्मका लागि २० करोड भारु पारिश्रमिक लिएको बताइएको छ । बबी देओलको पारिश्रमिक दाजुको भन्दा निकै कम छ । मिडिया रिपोर्टका अनुसार बबी देओलले फिल्म एनिमलका लागि ५ करोड भारु पारिश्रमिक लिएको बताइएको छ । अर्थात सन्नी देओल र बबी देओलको यो वर्षको शुल्कमा १५ करोडको फरक छ ।
फिल्म एनिमलको कुरा गर्ने हो भने, एनिमलले सेन्सर बोर्डबाट ‘ए’ सर्टिफिकेट पाएको छ । अर्जुन रेड्डी र कबीर सिंह जस्ता सुपरहिट फिल्महरू बनाएका सन्दीप रेड्डी वांगाले एनिमललाई निर्देशन गरेका हुन । जब रणवीर कपूरको एनिमल लुक भाइरल भयो, उनले धेरै हेडलाइन्स बनाए।
यो फिल्म डिसेम्बर १ गतेबाट हलमा रिलिज भएको छ । एनिमलसँगै विक्की कौशलको फिल्म सामबहादुर पनि हलमा रिलिज भएको छ । यो फिल्मलाई मेघना गुलजारले निर्देशन गरेका हुन् ।
एनिमलको पहिलो शो बिहान ७ बजे देखी चलिरहेको छ । फिल्म हेरिरहेका दर्शकले सामाजिक सञ्जालमा भिडियोहरू पोष्ट गर्दै फिल्म बबाल भन्दै प्रतिक्रिया दिइरहेको भारतीय मिडियाले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार