ठेकेदारको लापरवाहीले गिठेनाला सिँचाई आयोजनाको अलपत्र, तत्काल काम सुरु गर्न स्थानीयको चेतावनी
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार १२:६:२१
१५ मंसिर, काठमाडौं ।बर्दियाको ठाकुरबाबा नगरपालिका–६ स्थित गिठेनाला सिँचाई आयोजनाको अलपत्र रहेको बाँकी काम तत्काल नगरे सम्बन्धित कार्यालय घेराउ गर्ने उपभोक्ताहरुले चेतावनी दिएका छन् ।
आयोजनाको बाँकी काम तत्काल नभए जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय बर्दिया घेराउन गर्ने उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा बिहीबार निवेदन दिँदै चेतावनी दिएका हुन् ।
उक्त आयोजना कार्यान्वयका लागि ६ वर्ष पहिले सम्झौता भई ठेक्का भएको थियो । आयोजनाको जेभि कन्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । ठेक्का पाएको कम्पनीले समयमै काम सम्पन्न नगर्दा ठाकुरबाबा नगरपालिका–६ र ७ का किसान मारमा परेका छन् ।
आयोजना कार्यान्वयन नहुँदा यस वडाका किसानहरु आकासे पानीको साहारामा खेती गर्न बाध्य छन् । कम्पनीले गिठेनाला सिँचाई आयोजनाको काम समयमै सम्पन्न गरेको भए १ हजार बिगाह जमिनमा किसानहरु कम लागतमा सिँचाई गर्न सक्छन् ।
आयोजनाको केही काम भई बाँकी काम अलपत्र रहेको छ उक्त ठेकेदारको चरम लापरवाही र सम्बन्धित जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालयको उदासिनताका कारण काम हुन नसकेको उपभोक्ताले बताउँछन् । उपभोक्ताहरुले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा उल्टै थर्काएको गिठेनाला सिँचाई जल उपभोक्ता समिति ठाकुरबाबा नगरपालिका–६ का अध्यक्ष बल बहादुर थारुले बताए ।
उक्त कम्पनीले स्थानीय व्यापारीबाट लिएको सामाग्रीहरुको, स्थानीय लेबर र मिस्त्रीहरुको करिब ५० लाख भुक्तानीसमेत नदिएको जनाईएको छ । बाँकी काम सम्पन्न गर्न र भुक्तानीको माग गर्दै उपभोक्ता समितिले बिहीबार जिल्ला प्रशासनमा निवेदन दिएको छ । यदि हाम्रो माग ७ दिन भित्र सम्बोधन नभएमा सम्बन्धित कार्यालय घेराउ गरि जन दवाव सृजना गर्ने निवेदनमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार