उत्तरकाशी सुरुङबाट निकालिएका सबै कामदार स्वस्थ
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार १२:२५:३४
१५ मंसिर, ऋषिकेश । अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ऋषिकेशमा गरिएको स्वास्थ्य परीक्षणमा उत्तरकाशी जिल्लाको सिल्कियारा सुरुङबाट निकालिएका ४१ जना कामदार स्वस्थ भेटिएका छन्।
एम्स प्रशासनले भारतीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार स्वास्थ्य परीक्षणमा सबै कामदारहरु स्वस्थ पाइएका छन् र उनीहरुलाई घर जान अनुमति दिइएको छ । त्यसपछि धेरै मजदुरहरु घरतर्फ लागेका छन् ।
एम्सका जनरल मेडिसिन विभागका अध्यक्ष डा. रविकान्तले कामदारको राम्रोसँग परीक्षण गरिएको र उनीहरुको रगत परीक्षण, ईसीजी र एक्स–रेको रिपोर्ट सामान्य रहेको बताए । उनले भने, ‘उनीहरू शारीरिक रूपमा स्वस्थ र चिकित्सकीय रूपमा स्थिर छन्, त्यसैले उनीहरूलाई घर जान अनुमति दिएका छौं।’
डा. रविकान्तले उत्तराखण्डका एक मजदुरलाई भने मुटुसम्बन्धी रोग लागेको र हाल अस्पतालमा राखिएको बताए । तर, चम्पावत जिल्लाका पुष्करसिंह ऐरीको सुरुङ दुर्घटनासँग कुनै सम्बन्ध नरहेको र जन्मदेखि नै यो रोग रहेको उनले स्पष्ट पारेका छन् ।
कामदारमा एट्रियल सेप्टल डिफेक्ट (एएसडी) समस्या देखिएपछि थप अनुसन्धानका लागि डिजास्टर वार्डबाट मुटुरोग विभागमा सारिएको चिकित्सकले बताएका छन् ।
चारधाम यात्रा मार्गमा निर्माणाधीन साढे चार किलोमिटर लामो उत्तरकाशी सुरुङमार्गको केही भाग गत नोभेम्बर १२ भत्किँदा ४१ जना कामदार १७ दिनसम्म फसेका थिए । केन्द्र र प्रदेश सरकारका निकायले निरन्तर युद्धस्तरमा सञ्चालित उद्धार अभियानको १७ औँ दिन मंगलबार राति उनको सफल उद्धार गरिएको थियो ।सुरुङबाट बाहिर निकालेपछि सघन स्वास्थ्य परीक्षणका लागि बुधबार ऋषिकेशको एम्समा भर्ना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी
असोज ६, २०८१ आइतबार
अमेरिकामा सामूहिक गोलीबारीमा ४ जनाको मृत्यु
असोज ६, २०८१ आइतबार
इजरायली सेनाद्वारा वेस्ट बैंकमा अल जजिरा टिभीलाई ४५ दिनका लागि बन्द गर्न आदेश
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
प्रधानमन्त्री ओली र मोदीबीच न्युयोर्कमा भेटवार्ता
असोज ७, २०८१ सोमबार
प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता
असोज ७, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ७, २०८१ सोमबार