मेरो र अर्थमन्त्रीका बीच कुनै तिक्तता छैन, अर्थतन्त्रलाई सवल बनाउने विषयमा मिलेर काम गरिरहेका छौँः गभर्नर
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार १२:२७:२८
१५ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयका बीचमा कुनै चिसोपना नरहेको बताएका छन् । उनले आफू र अर्थमन्त्री प्रकाशशरण महतका बीचमा कुनै तिक्तता नरहेको बताएका छन् । अर्थतन्त्रलाई सहज बनाउने विषयमा महत र मेरो बीचमा बारम्बार छलफल भइरहेकै छ, उनले भने ।
आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले अर्थमन्त्रीसँग नराम्रो व्यवहार नरहेको बताएका हुन् । मौद्रिक नीतिलाई खुकुलो बनाउनु पर्ने लगायतका विषयमा महत र गभर्नर अधिकारीबीच तिक्तता देखिएको भन्दै सम्बन्ध राम्रो नरहेको समाचारहरू आउन थालेपछि अधिकारीले अर्थमन्त्रीसँगको सम्बन्ध नराम्रो नरहेको बताएका हुन् ।
उनले अर्थमन्त्री महतसँग विवाद भएर नभइ केही तत्थ्यांकहरु कुर्नु परेकाले मौद्रिक नीतिको पहिलो समीक्षा आउन ढिलाई भएको बताए । मौद्रिक नीतिको समीक्षामा पनि आफूहरू दुईबीच छलफल भइरहेको उनले बताए । गभर्नर अधिकारीले मौद्रिक नीतिको समीक्षा आउनु अगाडि कुनै बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिएको भए उजुरी गर्न आग्रह गरे ।
बाहिर हल्ला गरेर अराजकतालाई सहयोग गर्नुको साटो प्रमाणसहित उजुरी दिन उनले आह्वान गरेका हुन् । गत आर्थिक वर्ष बैंकहरुले लिएको ४ अर्ब ७६ करोड रूपैयाँ बढी ब्याज रकम फिर्ता गराएको अधिकारीले बताए । केहीले नेताहरू भेट्दै १६÷१८ प्रतिशत ब्याज बैंकले लिएको भन्दै हिँड्ने गरेको भन्दै उनले सो दरको ब्याज लिएको भएमा तथ्यसहित राष्ट्र बैंकमा उजुरी गर्न आग्रह गरे ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा केही पर सर्नुमा थप डाटा पर्खिरहेको उनले बताए । अर्थमन्त्री र गभर्नर बीचमा भएको छलफलबाट नै बजेटमा भएका विषयलाई राष्ट्र बैकले सहयोग गरिरहेको बताए । राष्ट्र बैंकले सरकारसँग समन्वयात्मक रुपमा काम गरिरहेको उनको भनाइ छ । पछिल्लो समय आर्थिक शिथिलताका कारण खराब कर्जा बढेको उल्लेख गर्दै गभर्नर अधिकारीले खराब कर्जा बढेकै कारण अहिले लाभांशमा कडाइ गर्नु परेको बताए ।
रिपेमेन्टका कारण केही व्यवसायीमा समस्या परेको उनले स्वीकार गरे । ऋण लिएपछि तिर्ने योजना पनि बनाउनु पर्ने भन्दै उनले भने ‘घाँटी हेरेर हाड निल्नु पर्ने बताए । अर्थतन्त्रमा उतारचढाव संसारभर आउने गरेकाले यसलाई सबै मिलेर चिर्नुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १२, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
अन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सौगात मल्ल र गरिमा शर्मा अभिनय रहने ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त
पुष १२, २०८१ शुक्रबार