अर्थतन्त्रको स्थायित्वका लागि सरकार र निजी क्षेत्र एक ठाउँ उभिनुपर्छ : मन्त्री खड्का
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार १२:३०:३०
१५ मंसिर, काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा अर्थतन्त्रको स्थायित्वका लागि सरकार र निजी क्षेत्र एक ठाउँमा उभिन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजेन) को २७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रमा देखिएका सबै समस्यामा सरकार गम्भीर रहेको भन्दै अर्थतन्त्रको स्थायित्वको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा उभिन आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘सरकार र निजी क्षेत्र लगायतका संस्थाहरू एकै ठाउँमा उभिएर अर्थतन्त्रको स्थायित्वका लागि रचनात्मक संवाद र सहकार्य समानात्मक ढंगले अघि बढ्नु आवश्यक छ । अर्थतन्त्रमा देखिएका सबै समस्यामा सरकार गम्भीर छ । सुधार प्रयासहरू भइरहेको छ ।’
मन्त्री खड्काले बढ्दो आयात र घट्दो निर्यातको कारण अर्थतन्त्र दबावमा परिरहेको टिप्पणी गरे । विषम परिस्थितिमा मुलुकको आर्थिक स्थायित्व कायम गर्दै लगानीको वातावरण सुधार गरी रोजगारी बढाउन सबैले प्रयास कायम राख्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘यो विषम परिस्थितिमा मुलुकको आर्थिक स्थायित्व कायम गर्दै लगानीको वातावरण सुधार गरी रोजगारी बढाउन सम्पूर्ण प्रयासलाई कायम राख्नु आवश्यक छ । बढ्दो आयात र घट्दो निर्यातका कारण हाम्रो अर्थतन्त्र दबावमा परिरहेको छ ।’ उनले पत्रकारिता बिना लोकतन्त्रको विकास अपूर्ण रहने पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार