राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक, मंसिर अन्तिमसम्म दल दर्ता गराईसक्नु पर्ने
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार १५:८:२
१५ मंसिर, काठमाडौं । आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले आज सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर २९ गतेसम्म राजनीतिक दलले दल दर्ता गराइसक्नु पर्नेछ ।
२०८० माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने गरी नेपाल सरकारबाट मिति २०८० माघ १३ मा निर्वाचनको मिति घोषणा भए पश्चात् निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि आयोग तयारीमा लागेको जनाएको छ । सो तयारी स्वरूप आयोगबाट २०८० माघ १४ मा निर्वाचन कार्यतालिका स्वीकृत भएको जनाएको हो ।
‘स्वीकृत कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भै मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दल दर्ता भए पश्चात् पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने छ ।’
स्वीकृत कार्यतालिका अनुसार २०८० पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
साथै, २०८० पुस २० गतेदेखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। आयोगका अनुसार २०८० माघ ११ गते बिहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म मतदानको कार्य सञ्चालन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार