प्रशिक्षण कार्यक्रममा व्यस्त जसपा अध्यक्ष यादव
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार १६:२७:५७
१५ मंसिर, काठमााडैं । जनता समाजवादी पार्टी 'जसपा' नेपालका अध्यक्ष उपेन्द्र यादव कार्यकर्तालाई प्रशिक्षण कार्यक्रममा व्यस्त रहेका छन् । प्रदेशदेखि स्थानीय तहका समितिले आयोजना गरेका प्रशिक्षणमा अध्यक्ष यादवले नेता, कार्यकर्तालाई प्रशिक्षण दिइरहेका छन् ।
अध्यक्ष यादवले तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानका दौरान आयोजना भएका अभिमुखीकरण कार्यक्रममा दैनिक ६ देखि ८ घण्टासम्म प्रशिक्षण दिने गरेका छन् । आयोजकले कम्तिमा दुईदिन सम्म प्रशिक्षण कार्यक्रम राख्ने गर्दछन् ।
समसामयीक राजनीति, पार्टीको वैचारिक तथा सैद्धान्तिक विषय, नेपालका राजनीतिक दलहरुको तुलनात्मक अध्ययनलगायतका विषयमा अध्यक्ष यादवले प्रशिक्षण दिने गरेका छन् ।
अध्यक्ष यादव कार्यकर्ता प्रशिक्षणका लागि मंसिर १७ गते बाँके पुग्ने कार्यक्रम छ । त्यस लगत्तै मंसिर १९ गतेदेखि सुरु हुने लुम्बिनी प्रदेशस्तरीय तीनदिवसीय प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक अध्यक्ष यादव नै रहने छन् । यादव प्रशिक्षण कार्यक्रममा व्यस्त हुँदा उनका पछिल्ला राजनीतिक भेटघाटहरु प्रभावित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र मोदीबीच न्युयोर्कमा भेटवार्ता
असोज ७, २०८१ सोमबार
प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता
असोज ७, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
प्रधानमन्त्री ओली र मोदीबीच न्युयोर्कमा भेटवार्ता
असोज ७, २०८१ सोमबार
प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता
असोज ७, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ७, २०८१ सोमबार