प्रचण्ड, माकुने षडयन्त्र लगायत विदेशी शक्ति लाग्दा पनि पार्टी सिद्धिएन् : ओली
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार १७:४२:३६
१५ मंसिर, डोटी । नेकपाका एमाले अध्यक्ष केपी ओलीले पार्टी भित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टी जोडिएको बताएका छन् ।मध्य पहाडी लोक मार्ग पदयात्राको क्रममा डोटीमा आयोजित आम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले पार्टी जोगाएको भन्दै कार्यकर्ताहरूलाई धन्यवाद दिएका थिए।
‘प्रचण्डका षडयन्त्र भए, माकुनेका षडयन्त्र भए, अरू षडयन्त्र पनि भए, ती सबै षडयन्त्रलाई परास्त गरेर तपाइहरूले पार्टी जोगाउनु भएको छ, पार्टी फेरी पहिलेकै ठाउँमै आएको छ । देशी विदेशी सारा शक्ति लागि पार्टीलाई सिद्धाउन लाग्दा पनि पार्टी सकिएन’ ओलीले भने ‘तपाइ, सबैलाई धन्यवाद।’
पछिल्लो समय हिंसा भड्काउने काम भइरहेको ओलीको भनाइ थियो । देशलाई अगाडी बढाउने संकल्पका साथ सङ्कल्प यात्रा सुरु गरिएको उनले बताए । ओलीले लम्पी स्किन रोगमा सरकारले ढिलासुस्ती गरेको आरोप लगाए। उनले सरकार धेरै समय टिक्न नसक्ने जनाए ।
‘यो सरकार कति चल्छ र यो सरकार मक्किएको धोद्रा परेको सरकार हो । यस्तै अवस्था देशमा रहँदैन’ उनले भने। ओलीले पार्टी नेता कार्यकर्ताहरूलाई एक भएर काम गर्न निर्देशन दिएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार