एनसेलबाट औपचारिक रुपमा बाहिरियो आजियटा, सतिललाल आचार्यले साढे ६ अर्बमा किने सबै शेयर
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार २१:४४:२९
१५ मंसिर, काठमाडौं । मलेसियन कम्पनी आजियटा समूह बरहादले १ खर्ब ४३ अर्ब रूपैयाँमा किनेको नेपालको दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत शेयर जम्मा ६ अर्बमा बिक्री भएको छ । शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले आफ्नो ८० प्रतिशत शेयर खरिद गरेको आजियटाले जनाएको छ ।
एनसेलको ८० प्रतिशत शेयर सतिशलाल आचार्यको बेलायतमा रहेको एक कम्पनीले खरिद गरेको छ । आचार्य सिंगापुरमा बस्ने नेपाली व्यवसायी हुन् । यसअघि उनको स्वामित्वमा एनसेलको २० प्रतिशत शेयर रहेको थियो । आजियटा समूहले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर बिक्री गरेर बाहिरिने निर्णय यसअघि नै गरेको थियो । सो शेयर आचार्यको नेतृत्वमा बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेको हो ।
उक्त कम्पनी आचार्य र डेन्टन्स् सेक्रेटरिज लिमिटेडको संयुक्त स्वामित्वमा छ । स्पेक्ट्रलाइट केही महिनाअघि मात्रै खुलेको देखिन्छ । आजियटाको ८० प्रतिशत शेयर ५० मिलियन अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोड नेपाली रूपैयाँमा किनबेच भएको जनाइएको छ । अब एनसेलको पूर्ण स्वामित्व नेपालीकै हातमा आएको छ ।
आचार्यले कम्पनीको शेयर खरिदपछिको संक्षिप्त प्रतिक्रियामा भनेका छन्, म यो सम्झौताबाट खुशी छु । दूरसञ्चार उद्योगमा रहेको मेरो अनुभवलाई लिएर एनसेलको व्यवस्थापनसँग नयाँ आविस्कार, लगानी र नेपाली जनतालाई सेवा उपलब्ध गराउने कार्यमा रहनेछु ।
बुधबार मात्रै आजिएटाले नेपालमा व्यावसायिक चुनौतीहरू बढ्दै गएकाले नेपालबाट बाहिरिने निर्णय गरेको घोषणा गरेको थियो । आजिएटाले कुल ५ करोड अमेरिकी डलरमा शेयर बिक्री गरेको र यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्त्तानी गर्नुपर्ने खरिद सम्झौता भएको उल्लेख गरेको छ ।
दूरसञ्चार क्षेत्रका जानकारहरूले एनसेलको सकिनै लागेको अनुमतिपत्रको मुद्दा, नवीकरणका लागि चाहिने ठूलो धनराशि र दूरसञ्चार कम्पनीको घट्दो आम्दानीका कारण आजिएटा बाहिरिएको अनुमान गरेका छन् । १६ भदौ २०६१ मा एनसेलले जीएसएम मोबाइल सेवाका लागि अनुमति प्राप्त गरेको थियो । आजियटा भने सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यो बेला १ अर्ब ३६ करोड अमेरिकी डलर (त्यसबेलाको विनियमदर अनुसार १ खर्ब ४३ अर्ब रूपैयाँ) मा एनसेलको शेयर आजियटाले किनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार